Aamsanchar

चिसोका कारण रौतहटको जनजीवन कष्टकर बन्दै, धेरै विद्यालयहरू बन्द

Author Image
मङ्गलवार, पौष २४, २०८०

प्रतिकात्मक फायल फोटो गुगलबाट ।

कटहरिया ।  रौतहट शीतलहरसँगै चिसो बढे पछि रौतहटको सामुदायिक विद्यालयहरू धमाधम बन्द हुन थालेका छन् । शिक्षा समन्वय इकाई रौतहटका प्रमुख रामविनय कुमार सिंहले  एक सूचना जारी गर्दै जाडो छल्न सामुदायिक विद्यालयमा बिदा दिन निर्देशन दिएपछि सोमबार धेरै स्थानीय तहले चिसोका कारण जनजीवन कष्टकर बन्दै गएको भनेर सामुदायिक विद्यालयहरूमा बिदाको सूचना जारी गरेका छन् ।

कतहरिया, फतुवा विजयपुर, देवाही गोनाही लगायतका विद्यालयले चिसो बढेको उल्लेख गर्दै बिदा दिएको छ । देवाही गोनाहि, कटहरिया, फतुवा विजयपुर, लगायतका नगरपालिका अन्तर्गत शिक्षा शाखाले छुट्टाछुट्टै सूचना जारी गर्दै वर्षे बिदाबाट कट्टा हुने गरी पुस २४ गतेदेखि २६ गतेसम्म तीन दिन विद्यालय बिदा दिएका छन्। 

त्यसैगरी जिल्लाको अन्य केही पालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै तिन देखि ५ दिनसम्म बिदा दिएको शिक्षा समन्वय इकाई रौतहटले जनाएको छ । पछिल्लो तीनदिन देखि चलेको शीतलहरसँगै दिउँसो घाम नलागेको कारण जाडो बढेर रौतहटको जनजीवन प्रभावित बनेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर