Aamsanchar

इलाममा पर्ने नेपालको पूर्वी भारतीय सीमाक्षेत्रको अनुगमन

Author Image
मङ्गलवार, पौष २४, २०८०

इलाम- इलामस्थित सुरक्षा निकायले इलाममा पर्ने नेपालको पूर्वी भारतीय सीमाक्षेत्रको अनुगमन गरेको छ । उत्तरपूर्वी सीमावर्ती क्षेत्र सन्दकपुरदेखि पशुपतिनगरसम्मको सीमा अनुगमन गरिएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

यादवका अनुसार सन्दुकपुर, जौबारी, तुम्लिङलगायत स्थानका सीमास्तम्भ, सीमास्थित सशस्त्र प्रहरी बलका बोर्डर अब्जरभेसन पोस्ट (बिओपी), स्थानीय प्रहरी चौकीको अनुगमन गरिएको हो । अनुगमनका क्रममा भारतबाट नेपाली सीमाक्षेत्रमा प्रवेश गर्नै सवारी साधनको आवतजावत, लागू औषध कारोबारको अवस्था, गैरकानुनी ढङ्गले हुने आयात–निर्यातलगायतको निरीक्षण गरिएको प्रजिअ यादवले बताउनुभयो ।

‘‘पहिला जस्तो भारतीय सीमा सुरक्षा बल ९एसएसबी० र सीमाक्षेत्रका नेपालीबिच चाहिँ ठुलो समस्या पाइएन तर सीमा क्षेत्रका नेपालीहरूले धेरै किसिमका समस्या भने भोगिरहेका छन् ।,’’ प्रजिअ यादवले भन्नुभयो, ‘‘नेपालतर्फको बजार टाढा, नेपालतर्फबाट सहज यातायातको पहुँच नहुनु आदि कारणले पनि भारतको भरपर्नुपर्ने बाध्यता त्यहाँ छ ।’’

इलामभित्र पर्ने पूर्वी सिमानामा साढे ५२ किलोमिटर भूभाग भारतसँग जोडिएको छ । सन्दकपुरदेखि जिर्मलेसम्मको यो क्षेत्रको दशगजा लामो समयदेखि अतिक्रमण चपेटामा छ भने दैनिक उपभोग्य वस्तु पनि भारतबाटै ल्याउनुपर्ने बाध्यता यो क्षेत्रका स्थानीयमा छ ।

अर्कोतर्फ यही सीमा क्षेत्र अर्थात् जौबारी क्षेत्रमा केही दिन अघि लोपोन्मुख रेडपाण्डा मृत अवस्थामा भेट्टिएको थियो । नेपालतर्फ वन मासिँदै जाँदा भारततर्फ रहेको सिंहलीला नेशनल पार्कतर्फ नेपालमा रहेका वन्यजन्तुहरू सर्न थालेको पाइएको पनि प्रजिअ यादवले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर