Aamsanchar

सतासी डिपार्टमेन्ट स्टोरमा सडिन लागेका खाद्यय बस्तु फेला, अनुगमन टोलीले जफत गरेर नष्ट गर्यो 

Author Image
मङ्गलवार, पौष २४, २०८०

बिर्तामोड । सतासी बहुउद्देश्य सरकारी संस्थाद्वारा सञ्चालित झापाको गरामनीमा रहेको सतासी डिपार्टमेन्ट स्टोरमा म्याद गुज्रिएको खाद्य पदार्थ बिक्री गरेको पाइएपछि बिर्तामोड नगरपालिकाको अनुगमन टोलीले कारबाही गरेको छ ।

स्टोरबाट ग्राहकले खरिद गरेको रमपम चाउचाउ गत साउनमा नै समय सकिएको पाइएको थियो । उपभोक्ताले प्रधानमन्त्री कार्यलयमा उजुरी गरेका थिए ।

प्रधानमन्त्री कार्यलयबाट बिर्तामोड नगरपालिकालाई पत्राचार गरिएपछि प्रहरी, उपभोक्ता संस्था र नगरपालिकाको टोलीले स्थलगत अनुगमन गरेको थियो ।

स्टोरमा अखाद्य वस्तु भेटिएपछि पसलअगाडि नै सार्वजनिक रुपमा नष्ट गरिएको बिर्तामोडका उपप्रमुख नगेन्द्र संग्रौलाले जानकारी दिए । अनुगमनका क्रममा स्टोर भित्र अखाद्य वस्तु, म्याद सकिएका रमपम चाउचाउ भेटिएकोले चेतावनी दिँदै लिखित रुपमा कारबाही अघि बढाइएको छ ।

टोलीले बिर्तामोडको चन्द्रमा किराना पसल तथा रामेश्वर डेरीमा समेत अनुगमन गरेको थियो । त्यहाँ पनि अखाद्य वस्तु भेटिएको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
1
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर