Aamsanchar

तलबकाे बिषयलाई लिएर प्रहरीनै हड्तालमा

Author Image
बिहिवार, पौष २६, २०८०

काठमाडौं- पपुवा न्यूगिनीमा तलबको विषयलाई लिएर प्रहरी नै हड्तालमा उत्रिएपछि राजधानी पोर्ट मोरेस्बीमा ठूलो दंगा फैलिएको छ।

जहाँ कयौँ मानिस मारिएको आशंका छ। प्रहरी संसद भवन अगाडि गएर प्रदर्शनमा जम्मा भएपछि पोर्ट मोरेस्बीका बासिन्दाहरु ठूलो संख्यामा जम्मा भएर पसलहरुमा लुटपाट तथा आगजानी गरेका छन्।

प्रहरी हड्तालमा गएपछि सरकारले सेना परिचालन गरेर स्थिति नियन्त्रणमा लिने प्रयास गर्दा कयौँ मानिस मारिएको आशंका छ। राजधानी रहेको जिल्लाका गभर्नर पवेस पार्कोपले एक रेडियोबाट सम्बोधन गर्दै सहरमा लुटपाट मच्चाएको र सेनाले शान्ति बहालीको प्रयास गरिहेको बताउनु भएको छ। उहाँले सहरमा अभूतपूर्व दंगा देखेको र त्यसमा कयौँ मानिसको मृत्यु भएको भन्दै दुःख व्यक्त गर्नुभएको छ।

तर, कति मानिसको मृत्यु भएको र हताहति भयो भन्नेबारे भने बताइएको छैन। ४ लाख जनसंख्या रहेको राजधानी सहरमा लुटपात मच्चिएपछि नियन्त्रण गर्न कठिन भएको अधिकारीहरुले जनाएका छन्।

प्रधानमन्त्री जेम्स मारापेले कम्युटरमा भएको गडबडीका कारण राष्ट्र सेवक कर्मचारीको तलब ५० प्रतिशत कटौती भएको र त्यो सुधारको काम भइरहेको दाबी गरेका छन्। तर प्रहरी भने सरकारले अचानक तलब भत्ता कटौती गरेर हतोत्साहित गरेको भन्दै प्रदर्शनमा उत्रिएको हो।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर