Aamsanchar

दक्षिण कोरियाको प्रमुख विपक्षी पार्टीका नेता ली अस्पतालबाट डिस्चार्ज

Author Image
बिहिवार, पौष २६, २०८०

काठमाडौं – दक्षिण कोरियाको प्रमुख विपक्षी डेमोर्क्याटिक पार्टीका नेता ली जे म्युङ अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई गत हप्ता घाँटीमा छुरा प्रहारपछि अस्पताल भर्ना गरिएको थियो ।

लीले सियोलको अस्पतालअगाडि पत्रकार सम्मेलनमा विपक्षीलाई मार्ने र हटाउनेजस्तो राजनीतिको अन्त्य हुनुपर्ने बताए । आफ्नो घटनाले घृणाको राजनीति अन्त्य गर्ने र त्यसको पुनःस्थापना गर्ने अवसर बन्ने उनले विश्वास व्यक्त गरे ।

जनवरी २ मा दक्षिणपूर्वी बन्दरगाह सहर बुसानको भ्रमणका क्रममा ६० वर्षीय एक व्यक्तिले उनको देब्रे घाँटीमा छुरा प्रहार गरेका थिए । बुसानमा आकस्मिक उपचारपछि उनलाई शल्यक्रियाका निम्ति हेलिकोप्टरबाट सियोलको अस्पतालमा सारिएको थियो । सिन्ह्वा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर