Aamsanchar

झापा : बहुबिवाह मुद्दामा फरार एक महिला पक्राउ

Author Image
बिहिवार, पौष २६, २०८०

झापा : झापाबाट बहुबिवाह मुद्दामा फरार रहेकी एक महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार झापाको हल्दीबारी गाउँपालिका २ घर भई हाल भद्रपुर नगरपालिका ७ बस्ने २६ वर्षीय संगीता पुरीलाई पक्राउ गरेको हो ।

पुरीमाथि २०८० जेठ ४ गते जिल्ला अदालत झापाले बहुबिवाह मुद्दामा २ वर्ष कैद, २० हजार जरिवाना र ८ सय क्षतिपूर्ति शुल्कको फैसला गरेको थियो । सो फैसलालगत्तै फरार रहेकी उनलाई प्रहरीले ७ महिनापछि बिहीबार पक्राउ गरेको हो ।

पुरीलाई फैसला कार्यान्वयनका निमित्त झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशमा कैद भुक्तानका लागि जिल्ला कारागार झापा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर