Aamsanchar

डा. ज्ञानेन्द्रमानसिंहले दिएको ‘सिर्जना’ कोशी प्रदेश प्रहरीले टोलटोलमा देखाउने

Author Image
शुक्रवार, पौष २७, २०८०

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा एक कार्यक्रमका बिच आत्महत्या न्यूनिकरण सम्बन्धी जनचेतना मूलक श्रव्यदृश्य सामग्री “सिर्जना” विमोचन गरिएको छ । विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल प्रालिको सहकार्यमा निर्माण गरिएको श्रव्यदृश्य सामग्री “सिर्जना” को विमोचन कार्यक्रमका प्रमुख अतिथि  विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्की र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले संयुक्त रुपमा विमोचन गर्नु गरेका छन् ।

विमोचन कार्यक्रममा सम्बोधन गर्दै  प्रमुख अतिथि डा.कार्कीले आत्महत्या न्यूनिकरण सम्बन्धी जनचेतना मूलक श्रव्यदृश्य सामग्रीले “सिर्जना” ले समाजमा सचेतना प्रवाह गरी डिप्रेसन र आत्महत्या न्यूनिकरण गर्न टेवा पुग्ने बताए। यसका साथै उनले जनताको सेवामा अहोरात्र खटिने प्रहरी र उनका परिवार स्वास्थ्य रहेमा मात्र स्वास्थ्य प्रहरी सेवा उपलब्ध हुने हुँदा पहिला प्रहरी स्वस्थ  रहन जरुरी रहेको साथै स्वास्थ्य सेवा उपलब्ध गराउने स्वास्थ्यकर्मीहरू सुरक्षित रहेमा मात्र बिरामीहरूको प्रभावकारी उपचार सम्भव रहने भएकोले सम्पूर्ण नागरिकको सुरक्षाको जिम्बेवारी वहन गर्ने प्रहरी कर्मचारीहरूलाई विराट मेडिकल कलेजले कुनै दुबिधा नराखी उपचार सेवा उपलब्ध गराउने डा. कार्कीले प्रतिवद्धता जनाएका छन् ।

कोशी प्रदेशमा आत्महत्याको दर उच्च भए सँगै त्यसको न्यूनिकरणको लागी प्रमुख अतिथि डा. ज्ञानेन्द्रमानसिंह कार्कीले आत्महत्या न्यूनिकरण सम्बन्धी सचेतनामूलक भिडियो  निर्माण गराई कोशी प्रदेश प्रहरीलाई उपलब्ध गराएका हुन । कार्यक्रममा प्रहरी प्रमुख बास्तोलाले डा. कार्कीलाई श्रव्यदृश्य उपलब्ध गराएकोमा धन्यवाद दिदै भने ‘श्रव्यदृश्यलाई समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सचेतनाको लागि समुदाय र टोल टोलमा प्रदर्शन गरिने छ ।’

विमोचन कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक राजन अधिकारी, प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर
ताप्लेजुङमा पहिराे
शुक्रवार, साउन ४, २०८१