Aamsanchar

काठमाण्डौ विश्वका उत्कृष्ट १० प्राकृतिक गन्तव्यमध्ये एक नम्बरमा

Author Image
शनिवार, पौष २८, २०८०

काठमाण्डौ-  विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ ले काठमाण्डौलाई संसारको उत्कृष्ट प्राकृतिक गन्तव्यका रुपमा घोषणा गरेको छ ।

ट्रिप एडभाइजरले १० उत्कृष्ट गन्तव्य, प्राकृतिक गन्तव्य, ट्रेन्डिङ गन्तव्य, सांस्कृतिक गन्तव्य, खाना गन्तव्य, हनिमुन गन्तव्य र दिगो गन्तव्य गरी सातवटा वर्ग छुट्याएर सूची सार्वजनिक गरेको हो । यसअनुसार काठमाण्डौ विश्वका उत्कृष्ट १० प्राकृतिक गन्तव्यमध्ये एक नम्बरमा र विश्वका उत्कृष्ट २५ गन्तव्यमध्ये २४औँ नम्बरमा परेको छ ।

ट्रिप एडभाइजरले विश्वभर यात्रा सहजीकरण गर्दै बुकिङ, गन्तव्य छनोट र योजना बनाउन सहयोग गर्दै आएको छ । विश्वप्रसिद्ध ट्राभल वेबसाइटमा काठमाण्डौ उत्कृष्ट प्राकृतिक गन्तव्यको सूूचीमा परेपछि नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास छ ।

पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२३ मा १० लाखभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर