Aamsanchar

ट्याङखोलामा जीप दुर्घटना हुँदा २ जनाको मृ*त्यु, ९ जना घाइते

Author Image
शनिवार, पौष २८, २०८०

बागलुङ – बागलुङको ढोरपाटन नगरपालिका–५ ट्याङखोलामा शनिबार दिउँसो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

बुर्तिबाङ बजारदेखि ढोरपाटन जाँदै गरेको ध १ ज १९ नम्बरको जीप दुर्घटना हुँदा चन्द्रगिरी नगरपालिकादेखि घुम्न आएकी एक यात्रु र सवारी चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपि) मदन केसीले जानकारी दिए ।

उनले चन्द्रगिरी नगरपालिका–१० की २८ वर्षीया संगिता अधिकारी गैरे र सवारी चालक ढोरपाटन नगरपालिका–४ खुङ्गाका २७ वर्षीय तिलक घर्तीको घटनास्थलमै मृत्यु भएको बताए ।

 

दुर्घटनामा ९ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र ३ जनाको अवस्था सामान्य रहेको डिएसपि केसीले बताए । उनले घाइतेहरुको अहिले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारभइरहेको बताए ।

गम्भीर घाइतेहरुलाई काठमाडौं पठाउनको लागि हेलिकप्टरको व्यस्थापन गर्न लागिएको जानकारी दिए । मृत्तक गैरे चन्द्रगिरीबाट बागलुङको पर्यटकीयस्थल ढोरपाटन घुम्न आएकी यात्रु रहेको प्रहरीले जनाएको छ । सालझन्डि ढोरपाटन सडक खण्ड अन्तर्गत ढोरपाटन नगरपालिका ५ ट्याङखोलाको उकालोमा ब्रेकफेल भइ जीप दुर्घटना भएको डिएसपि केसीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर