Aamsanchar

माेरङमा बसले सफारीलाई ठक्कर दिँदा एक जनाको ज्यान गयाे

Author Image
बुधवार, माघ ३, २०८०

फायल: तस्बिर

मोरङ – बसले सफारीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

पथरी शनिश्चरे नगरपालिका-१ मगर गुम्बास्थित सडकमा को.१ ख ७८३५ नम्बरको बसले प्रदेश न.१-०१-००२ ह ११४८ नम्बरको सिटी सफारीलाई बुधबार दिउँसो ठक्कर दिँदा भएको दुर्घटनामा सफारीमा सवार तेह्रथुम घर भई शनिश्चरे नगरपालिका-२ राधा गुरूङको घरमा पाहुँना आएकी ८० वर्षीया हस्तमाया गुरूङको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको छ। सिटि सफारी र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर