Aamsanchar

एक महिलालाई १० हजार भारुमा बेच्ने ३२ वर्षपछि पक्राउ

Author Image
बिहिवार, माघ ४, २०८०

काठमाडौँ – मानब बेचविखनको आरोप लागेका एक व्यक्ति ३२ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङका ५७ वर्षीय वीरबहादुर तामाङ रहेका प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ।

ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले आरोपी तामाङले पीडितको श्रीमान वैदेशिक रोजगारीका क्रममा ब्रुनाईमा रहेका वेला महिलालाई २०४७ साल चैतमा झुक्यानमा पारी भारतमा लगेर बेचेका जानकारी दिए।

पीडितलाई तिम्रो श्रीमानले ब्रुनाई ल्याइदिनु भनी चिठी पठाएको बताएर महिलालाई भारतमा लगेर बेचेको पाइएको प्रहरी उपरीक्षक पंगेनीले बताए। उनले महिलालाई काठमाडौंबाट काकरभिट्टा हुँदै पश्चिम बंगाल पुर्‍याई भारतीय नागरिकलाई बेचेका थिए। तामाङले १० हजार भारतीय रुपैयाँमा पीडितलाई बेचेका पनि खुलेको छ।

भारतीय नागरिकले रिक्सामा राखी लैजाने क्रममा पीडित महिला रिक्साबाट हामफाली भागेर भारतीय प्रहरीको सम्पर्कमा पुगेकी थिइन्। त्यसपछि भारतीय प्रहरीले काँकडभिट्टा ल्याइ छाडिदिएपछी काठमाडौँ आएर उनले ब्यूरोमा जाहेरी दिएकी थीइन्। घटनामा संलग्न अन्य अभियुक्तहरुको खोजी जारी रहेको प्रहरी उपरीक्षक पंगेनीले बताए।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर