Aamsanchar

पिक्निक गएका शिक्षक र विद्यार्थीहरू सवार डुंगा दुर्घटना, १६ जनाको मृ*त्यु

Author Image
शुक्रवार, माघ ५, २०८०

काठमाडौं –भारतको गुजरातमा डुंगा डुब्दा १६ जनाको मृत्यु भएको छ । पिक्निक गएका शिक्षक र विद्यार्थीहरू सवार डुंगा गुजरातको वडोदरास्थित हरनी तालमा दुर्घटनामा परेको हो । मृतकमध्ये १४ जना विद्यार्थी र दुईजना शिक्षक हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार दुई दर्जन विद्यार्थी र चारजना शिक्षक पिक्निकमा गएका थिए ।

उद्धार गरिएका एकजना विद्यार्थीको उपचार भइरहेको छ । अन्यको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

गुजरात सरकारले घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । समितिले १० दिनभित्र रिपोर्ट पेस गर्नुपर्ने छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनामा दुःख व्यक्त गर्दै प्रधानमन्त्री राहत कोषबाट मृतकका परिवारलाई दुई लाख रुपैयाँको दरले दिने घोषणा गरेका छन् । घाइते भएकाहरूलाई ५० हजार रुपैयाँ सहयोग गर्ने मोदीको घोषणा छ ।

मिन्टबाट ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर