Aamsanchar

महाकाली यातायातको यात्रुबाहक बस दुर्घटना

Author Image
शुक्रवार, माघ ५, २०८०

दार्चुला – दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको यात्रु्बाहक बस केही बेरअघि दार्चुलामै दुर्घटना भएको छ । सुपप्र ०२ ००१ ख १०३१ नम्बरको यात्रुबाहक बस दार्चुलाको मकाहाली नगरपालिका वडा नम्बर ५ फोहर फाल्ने ठाउँ नजिकै सडकबाट महाकालीतिर खसेको हो ।

प्रारम्भीक जानकारी अनुसार बसमा सवार १५ जना घाइते भएका जानकारी प्राप्त भएको छ । घाइतेहरु सबैलाई जिल्ला अस्पताल दार्चुला लगिएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये २ जना गम्भीर रहेका प्रहरीले जनाएको छ । उद्धारकार्य जारी रहेकाले विस्तृत जानकारी आउन सकेको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर