Aamsanchar

११ किलोभन्दा बढी सालकको खपटासहित दुईजना पक्राउ

Author Image
शुक्रवार, माघ ५, २०८०

काठमाडौं – प्रहरीले ११ किलोभन्दा बढी सालकको खपटासहित दुईजनालाई पक्राउ गरेको छ।

कैलालीको बर्दगोरिया गाउँपालिका-६ स्थित सडकबाट सालकको खपेटा ११ किलो १ सय ग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा भजनी नगरपालिका-८ बस्ने ३५ वर्षीय पर्शुराम चौधरी र जोशीपुर गाउँपालिका-४ बस्ने ३२ वर्षीय प्रेम चौधरी छन्।

नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय सुखड कैलालीबाट खटिएको प्रहरीले सु।प।प्र।०१००८प ३५१२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त खपेटासहित नियन्त्रणमा लिएको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि डिभिजन वन कार्यालय पहलमानपुरमा बुझाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर