Aamsanchar

उत्तर कोरियाद्वारा पानीमुनि प्रहार गर्ने आणविक हतियारसहित ड्रोनको परीक्षण

Author Image
शुक्रवार, माघ ५, २०८०

उत्तर कोरियाले पानीमुनि प्रहार गर्ने आणविक हतियारसहित ड्रोनको परीक्षण गरेको छ । दक्षिण कोरिया, अमेरिका र जापानबीच भएको संयुक्त समुद्री अभ्यासको जवाफमा उत्तर कोरियाले पानीमुनि प्रहार गर्ने आणविक हतियार प्रणालीको परीक्षण गरेको उत्तर कोरियाको सरकारी समाचार एजेन्सी ९केसीएनए० ले जनाएको छ ।

तीन देशबीच भएको संयुक्त सैन्य अभ्यासले आफ्नो देशको सुरक्षामा गम्भीर सङ्कट देखिएको उत्तर कोरियाले बताएको छ । उत्तर कोरियाको पछिल्लो गतिविधिलाई लिएर दक्षिण कोरिया र उसका सहयोगीहरूले अहिलेसम्म प्रतिक्रिया जनाएका छैनन् ।

उत्तर कोरियाले हाइपरसोनिक मिसाइल प्रक्षेपण गरेपछि दक्षिण कोरियासहित ३ वटा देशले गएको सोमवारदेखि अस्ति बुधवारसम्म जेजु टापुको जलक्षेत्रमा संयुक्त सैन्य अभ्यास गरेका थिए ।

उत्तर कोरियाले परमाणु ब्यालेस्टिक मिसाइलको कैयौँ परीक्षण र नयाँ हतियारको प्रक्षेपण गर्दै आइरहेको छ । यी सबै गतिविधि संयुक्त राष्ट्र सङ्घको प्रतिबन्धको उल्लङ्घन हो ।

उत्तर कोरियाली नेता किम जोङ अनले गएको हप्ता दक्षिण कोरियालाई आफ्नो देशको प्रमुख शत्रु घोषणा गर्दै पुनर्मिलन र पहुँचका लागि काम गर्ने निकायहरूलाई निष्क्रिय बनाएको घोषणा गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर