Aamsanchar

बिजुलीबारे गुनासो पैसा नलाग्ने नम्बर ११५१ मा फोन गरेर टिपाउनुहाेस्

Author Image
शनिवार, माघ ६, २०८०

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणको सेवाबारे तपाईँको केही गुनासो छ रु बिना सूचना बिजुली काटियो वा नजिकमा रहेको पोलमा कुनै समस्या आयो ? प्राधिकरणका कर्मचारीले अनावश्यक दुःख पो दिए कि ? वा बिजुलीको मिटर लिन कुनै समस्या छ ? यस्ता गुनासा र समस्या छन् भने तपाईँले पैसा नलाग्ने नम्बर ११५१ मा फोन गरेर टिपाउन सक्नुहुन्छ ।

जुनसुकै समस्या र गुनासा हटलाइनमा फोन गरेर टिपाउन सक्ने गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा हटलाइन सेवा सञ्चालनमा छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हटलाइन सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन तथा आएका समस्या र गुनासोको सम्बोधन गर्न निर्देशन समेत दिनुभएको छ ।

हटलाइन ११५१ मा दैनिक औसतमा ५० भन्दा धेरै गुनासो आउने गरेको छ । गुनासो आउनेबित्तिकै सम्बन्धित कार्यालय र वितरण केन्द्रका प्रमुखलाई फोन गरेर समस्या समाधानका लागि आग्रह गर्ने गरिएको हटलाइन सेवाका प्रमुख रामकृष्ण पौडेलले जानकारी दिनुभयो । समस्या समाधान भएको सम्बन्धित व्यक्तिलाई समेत फोन गरेर जानकारी दिने गरिएको उहाँको भनाइ छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर