Aamsanchar

थाइल्यान्डमा एक करोड ५० लाख टन लिथियमको भण्डार फेला

Author Image
शनिवार, माघ ६, २०८०

काठमाण्डौ – थाइल्यान्डमा झण्डै एक करोड ५० लाख टन लिथियमको भण्डार फेला परेको छ । सरकारका उपप्रवक्ता रुडक्लाओ इन्टावोङ सुवानकिरीले दि नेसन टेलिभिजनलाई दिएको अन्तरवार्तामा एक करोड ४८ लाख टन लिथियम दक्षिणी प्रान्त फाङ नगामा दुई अलग अलग क्षेत्रको बीचमा फैलिएको जानकारी दिनुभएको छ ।

फेला पारेका स्रोतबाट कति प्रयोग गर्न सक्छौँ भनेर पत्ता लगाउन प्रयास गरिरहेको र यसमा समय लाग्ने उहाँको भनाइ छ । लिथियम विद्युतीय कारका साथै स्मार्टफोन र अन्य विद्युतीय सामग्रीमा प्रयोग गरिने ब्याट्रीहरूको निर्माणका लागि प्रमुख तत्व हो ।

अबका दिनमा विद्युतीय गाडी उत्पादनका लागि क्षेत्रीय ‘हब’ बन्ने थाइल्यान्डको लक्ष्यलाई यसले प्रवर्द्धन गर्ने अपेक्षा छ । पछिल्लो खोजले बोलिभिया र अर्जेन्टिनापछि थाइल्यान्डसँग तेस्रो सबैभन्दा ठूलो लिथियम स्रोत रहेको देखाएको छ । तर यसलाई व्यावसायिकरूपमा कति क्षमतामा प्रयोग गर्न सकिन्छ भन्ने अहिलेसम्म स्पष्ट भएको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर