Aamsanchar

बाहुनीडाँडाको स्वास्थ्यचौकी भवन दुई वर्ष ढिलो गरी सञ्चालनमा

Author Image
आइतवार, माघ ७, २०८०

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको स्वास्थ्यचौकी भवन दुई वर्ष ढिलो गरी सञ्चालनमा आएको छ ।

स्वास्थ्यचौकीको नयाँ भवनमा आजदेखि सेवा शुरु गर्ने तयारी भइरहेको बाहुनीडाँडाका वडाध्यक्ष रुद्रकुमार राईले बताउनुभयो । आफ्नै भवन नहुँदा स्वास्थ्यचौकीलाई स्थानीय झोक्रे राईको घरको दुई वटा कोठा भाडामा लिएर सञ्चालन गरिएको थियो । त्यसअघि तत्कालीन गाविसको जीर्ण भवनको साँघुरो कोठाबाट स्वास्थ्यचौकीको सेवा सञ्चालन हुँदै आएको थियो ।

२०७८ फागुनमै बनिसक्नुपर्ने स्वास्थ्यचौकीको भवन निर्माण कम्पनी गौरी पार्वती न्यु टेक्निकल जेभी, ललितपुरको ढिलासुस्तीका कारण दुई वर्ष ढिलो गरी काम सकिएको हो । २०७७ मंसिर ११ गते सम्झौता गरी अर्को वर्ष फागुनमा काम सक्ने भने पनि निर्माण हुन सकेको थिएन ।

स्वास्थ्यचौकीको भवन हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राईले हिजो उद्घाटन गर्नुभयो । भवन निर्माणका क्रममा स्थानीय बासिन्दाले पर्खालको गुणस्तरमाथि समेत प्रश्न उठाएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर