Aamsanchar

भुषाबाडीको वेल्स मोडलमा वार्षिक खेलकुद प्रतियोगिता सुरु

Author Image
आइतवार, माघ ७, २०८०

बिर्तामोड । झापाको बिर्तामोड –७ भुषाबाडीमा रहेको वेल्स मोडल स्कुलमा वार्षिक खेलकुद प्रतियोगिता सुरु भएको छ ।
चौथो वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद प्रतियोगिता आज (आइतबार) बाट सुरु भएको हो । तिन दिन सम्म आयोजना हुने प्रतियोगिता स्कुलका आन्तरिक विद्यार्थीहरू बिच प्रतिष्पर्धा गराइने जनाइएको छ ।

बालबालिकालाई खेलकुदको माध्यमबाट शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न वर्ष भरिनै खेलकुदहरू आयोजना हुँदै आएको छ । हरेक वर्षमा एक पटक वृहत रुपमा खेलकुद प्रतियोगिता मार्फत विद्यार्थीहरूलाई अतिरिक्त कृयाकलापहरूमा संलग्न गराइदै आएको खेलकुद प्रतियोगिता कार्यक्रमका संयोजक शिक्षक देवान ढुङ्गानाले जानकारी दिए ।

स्कुलका सञ्चालक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकुमार प्रसाईँको अध्यक्षतामा आयोजित खेलकुद उद्घाटन कार्यक्रममा स्कुलमा सञ्चालक तथा प्रधानाध्यापक ताराकुमार प्रसाईँले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

नर्सरी देखि कक्षा १० सम्म अध्यापन हुँदै आएको वेल्समा हाल १ हजार ७ जना विद्यार्थीहरू पठन पाठन गर्दै आएको प्रधानाध्यापक प्रसाईँले जानकारी दिए ।

२०७६ साल सरस्वती पूजाको दिनबाट सुरु भएको स्कुलमा स्थापनाको छोटो अवधीमा धेरै विद्यार्थी तथा अभिभावकहरूको मन जित्न विद्यालय सञ्चालकहरु सफल भएका छन् ।

प्रतियोगितामा फुटबल, सर्टजम्प, भलिबल, कडडी, छेलो, दौड, लङजम्प, ब्याडमिन्टन लगायतका खेलहरू खेलाइने बताइएको छ ।  खेलकुद उद्घाटन कार्यक्रममा सञ्चालन शिक्षक प्रकाश बस्नेतले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
8
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 18

प्रतिक्रिया (०)