Aamsanchar

काबुलमा खडेरीका कारण मानिसहरू पानी लिन घण्टौँ लाइनमा

Author Image
आइतवार, माघ ७, २०८०

अफगानिस्तानको राजधानी काबुलमा खडेरीका कारण मानिसहरू पानी लिन घण्टौँ लाइनमा बस्न बाध्य भएका छन् ।

काबुलको पश्चिमी क्षेत्रमा रहेको स्थानीय मस्जिदको इनार अगाडि घण्टौँ कुर्नु परेपछि स्थानीय रजब रेजाईले आक्रोश व्यक्त गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । रेजाईले आफ्नो परिवारमा १० जना रहेका र पानी लिन बिहानदेखि मध्यरातसम्म लाइनमा बस्नुपरेको गुनासो गर्नुभयो ।

४ वटा मस्जिदका इनारबाट दैनिक उपभोगका लागि ३ हजार ५ सयभन्दा बढी परिवारले पानी लिने गरेका खबरमा उल्लेख छ । रेज रासन क्षेत्रको एउटा मात्र इनारबाट ८ सय परिवारले पानी लिने गरेका छन् ।

युद्धग्रस्त अफगानिस्तान वर्षौँदेखि खडेरीको चपेटामा परेको छ । राज्यद्वारा सञ्चालित खानेपानी सञ्जालले स्थानीयवासीलाई नियमित पानी आपूर्ति गर्न सकिरहेका छैनन् । ऊर्जा र पानी मन्त्रालयका प्रवक्ता कारी मतिउल्लाह अबिदले खडेरी भइरहे आन्तरिक बसाइँसराइको बढ्न सक्ने चेतावनी पनि दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर