Aamsanchar

विश्वमै दुर्लभ मानिने पाटेबाघ शिकारीको पासोमा परेर मृ*त्यु

Author Image
आइतवार, माघ ७, २०८०

टीकापुर – विश्वमै दुर्लभ मानिने पाटेबाघ कैलालीको जानकी गाउँपालिका -९ स्थित सामुदायिक वनभित्र मृत फेला परेको छ । सिकारीले थापेको काँडेतारको पासोमा परेर पोथी पाटेबाघ मृत फेला परेको हो । सामुदायिक वनमा घाँस दाउरा गर्न गएका महिलाहरूले पाटेबाघ मृत अवस्थामा फेला पारेका हुन् ।

सामुदायिक वनभित्र थापेको काँडेतारको पासोमा परेर बाघ मरेको अवस्थामा फेला परेको सब डिभिजन वन कार्यालय लम्कीका प्रमुख शेरबहादुर भण्डारीले बताए ।

‘घाँस काट्न गएका महिलाहरुले खबर गरेपछि घटनास्थल पुग्दा झण्डै १७/१८ वर्ष उमेरको पोथी पाटेबाघ मृत फेला परेको छ,प्रमुख भण्डारीले भने, ‘काँडेतारको पासो बाघको घाँटीमा परेकाले मरेको हो, केही दिनअघि नै पासोमा परेको घटनास्थलबाट देखिन्छ ।’

 

बाघ संरक्षणका लागि विश्वव्यापी रुपमै चुनौति बढिरहेका बेला पाटेबाघ मृत फेला पर्नुले संरक्षणमा चुनौति थपिएको भण्डारीले बताए । उक्त सामुदायिक वनमा निलगाइ,बाघलगायतका जनावरहरु पाउने गरेका छन् । कर्णाली नदीको पारीतर्फ रहेको बर्दिया राष्टिय निकुञ्ज र चुरे क्षेत्रको वनसँग सीमाना जोडिएको क्षेत्रबाट जंगली जनावरहरु ओहोरदोहोर गर्ने गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर