Aamsanchar

सुपरसोनिक विमान एक्स ५९ सार्वजनिक, ध्वनिको गतिभन्दा पनि तीव्र गतिमा उड्ने

Author Image
आइतवार, माघ ७, २०८०

अमेरिकाको अन्तरिक्ष एजेन्सी नासा र एरोस्पेस क्षेत्रको प्रमुख कम्पनी लकहिड मार्टिनले सुपरसोनिक विमान एक्स ५९ सार्वजनिक गरेको छ । ध्वनिको गतिभन्दा पनि तीव्र गतिमा उड्ने यो विमानले उडानको समयमा अत्यन्त कम आवाज निकाल्ने नासाले जनाएको छ ।

नासाका अनुसार यो विमान ध्वनिभन्दा १ दशमलव ४ गुणा छिटो अर्थात् प्रतिघण्टा १४ सय ८८ किलोमिटरको दूरीमा उड्न सक्छ । अरू यात्रुवाहक र कार्गो जहाज ३५ हजार फिटसम्म मात्रै उड्ने गरेकोमा यो विमान ५५ हजार फिटको उचाइमा उड्नेछ ।

यसअघिसम्म अमेरिकालगायत अन्य देशले तीव्र गतिको ध्वनिका कारण मानव बस्तीमा असर पर्न सक्ने भन्दै ५० वर्षदेखि सुपरसोनिक विमानको उडान परीक्षणमा प्रतिबन्ध लगाएका थिए । नासाले उडानको कम्रमा कम ध्वनि निकाल्ने गरी विमानको डिजाइन गरिएको जानकारी दिएको छ ।

नासाका अधिकारी पाम मेलरायले यो वर्षको अन्त्यमा एक्स ५९ ले पहिलो पटक परीक्षण उडान भर्ने बताउनुभएको छ । यो विमानको लम्बाइ ९९ दशमलव ७ फिट र चौडाइ २९ दशमलव ५ फिट रहेको छ । मेलरायले परीक्षण उडान सफल भएपछि अमेरिकाका विभिन्न सहरमा एक्स ५९ ले उडान भर्ने बताउनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर