Aamsanchar

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको सुवेदी, खरेल, श्रेष्ठ र अधिकारीलाई पुरस्कार

Author Image
सोमवार, माघ ८, २०८०

बिर्तामोड । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले यसवर्ष वितरण गर्ने पुरस्कारका लागि पुरस्कृत कृति तथा प्रतिभा छनौट गरेको छ ।
कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले २०८० सालमा प्रदान गरिने पुरस्कारका लागि छनौट समितिले प्रस्ताव गरेका कृति तथा व्यक्ति अनुमोदन गरेको हो ।
बैठकले २०७९ सालमा प्रकाशित कृतिहरु मध्येबाट झापा भद्रपुर निवासी साहित्यकार होम सुवेदीद्वारा लिखित ‘स्वर्गबाट बितृष्णा जागेपछि’ नामक कृतिलाई बर्षोत्कृष्ठ कृतिका रुपमा पुरस्कृत गर्ने निर्णय गरेको सचिव राजेन्द्र प्रसाईले जानकारी दिए ।

त्यस्तै विष्णु चन्द्र पद्मा विशेष प्रतिभा पुरस्कारबाट पुन्यप्रसाद खरेल, धनमाया बर्षोत्कृष्ठ सक्रिय महिला पत्रकारिता पुरस्कारबाट जोस्ना श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । तीनवटै पुरस्कारको राशी जनही २५÷२५ हजार रहेको कोषाध्यक्ष डिल्लीराम प्रसाईले जानकारी दिए । त्यस्तै अपाङ्गता भएका व्यक्तिलाई पुरस्कृत गरिने पुरस्कारबाट पदम अधिकारीलाई पुरस्कृत गरिने भएको छ । उक्त पुरस्कारको राशी ११ हजार एकसय ११ रुपैयाँ रहेको बताइएको छ ।

संस्थाले आगामी फागुन ५ गते बिर्तामोडस्थित आफ्नै सभाहलमा विशेष कार्यक्रमको आयोजना गरि पुरस्कार प्रदान गर्ने कोषका अध्यक्ष प्रसाईले बताए ।
२०५९ सालमा स्थापित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले साहित्य र पत्रकारिता क्षेत्रका साथै अपाङ्गता भएका व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर