Aamsanchar

अमेरिकामा व्यायामशालामा पनि एआईको प्रयोग

Author Image
मङ्गलवार, माघ ९, २०८०

विश्वमा कृत्रिम बौद्धिकता (एआई)को प्रयोग हरेक क्षेत्रमा बढ्दै गएको छ । कृत्रिम बौद्धिकताको प्रयोगले मानिसको रोजगारी खोसिँदै गएको बेला अहिले अमेरिकामा व्यायामशालामा पनि एआईको प्रयोग हुन थालेको छ ।

अमेरिकाको टेक्सासमा ल्युमिन फिटनेस नामक व्यायामशालामा मानिसहरु एआई प्रशिक्षकको साथमा व्यायाम गर्छन् । ढोकामा राखिएको सेन्सरले व्यायाम गरिरहेका हरेक मानिसमाथि निगरानी गर्ने काम गर्छ भने गरिरहेको अभ्यास ठीक भयो कि भएन भनेर बोलेर सचेत बनाउने काम पनि गर्छ ।

त्यस्तै, व्यायाम सामग्रीको पनि एआईले निगरानी गर्नेगर्छ । एआई प्रशिक्षकले व्यायामको समयमा हरेक चाल ठीक छ कि छैन भनेर बोलेर प्रतिक्रिया जनाउने गर्छ । व्यक्तिले लगाएको हेडफोनमा एआई प्रशिक्षकको सुझाव सुनिने गर्छ ।

व्यायामशालाको भित्तामा एलईडी स्क्रिन पनि राखिएको छ । यो स्क्रिनको माध्यमले एआई प्रशिक्षकले एकै पटक १४ जनालाई व्यायाम प्रशिक्षण गराउनेछ । ल्यूमिन फिटनेसका सीईओ बै्रैंडन बीनका अनुसार एआई व्यायामशाला मानवीय प्रशिक्षक तथा उनीहरुको प्रतिभाको विकल्प भने होइन । तर, मानिसहरुलाई केही फरक र रमाइलो अनुभव होस् भन्ने उद्देश्यले मात्र एआईको प्रयोग गरिएको बीनको भनाइ छ ।

विज्ञहरु पनि एआई व्यायमशालाको प्रशिक्षकको विकल्प नभएको तर एआईको प्रयोग गर्न सकियो भने यसले व्यायाम गर्नेहरुलाई फाइदा पुर्याउने विश्वास गर्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर