Aamsanchar

नेपाली शब्दकोषबाट ॐ शब्द हटाउने सरकारकाे निर्णयविरुद्ध सर्वोच्चमा परेको रिट हेर्दाहेर्दैमा

Author Image
मङ्गलवार, माघ ९, २०८०

काठमाडौं – नेपाली शब्दकोषबाट ॐ शब्द हटाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्दाहेर्दैमा राखिएको छ। न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको संयुक्त इजलासमा आज सुनुवाइ भएको रिटमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।

तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले २०६९ साउन २२ गते मन्त्रिपरिषद् बैठकबाट हटाउन लगाएर लागू गराएका थिए। सरकारको सो निर्णयविरुद्ध अधिवक्ता स्वागत नेपाल, टपेन्द्र बहादुर कार्कीलगायतले २०७३ भदौ २४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

आज निवेदका तर्फबाट नेपाललगायत कानुन व्यवसायीले बहस गरेका थिए।

 

विदेशी प्रभावमा परी नेपाली,भाषा,संस्कृति र परम्पराको अन्त्य गर्ने उद्देश्य राखि ॐ शब्दलाई शब्दकोशबाट झिकिएको भन्दै उनीहरुले रिट दिएका थिए।

यसअघि रिटमाथि सुनुवाइ गर्न सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र विनोद शर्माको संयुक्त इजलासले एमीकस क्युरी मगाउन आदेश दिएको थियो। भाषा र कानुन दक्षताको भएको व्यक्ति समावेश गरी एमिकस क्युरी पठाउन नेपाल बारको नाममा आदेश भएको थियो।

निवेदकले पाठ्यक्रम विकास केन्द्रको प्रस्तावमा शिक्षा मन्त्रालयले सदर गरेको सम्पादन खारेज गर्नुपर्ने माग गरेका छन्। २०७५ सालमा प्रकाशित १० औं संस्करणको बृहत्त नेपाली शब्दकोषबाट ॐ शब्द हटाइएको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर