Aamsanchar

अयोध्यामा भगवान रामको दर्शन गर्ने भक्तजनको भीड

Author Image
बुधवार, माघ १०, २०८०

एजेन्सी –भारतको अयोध्यामा राममन्दिरमा रामको दर्शन गर्ने क्रममा भीडमा च्यापिएर एक सय भन्दा बढी घाइते भएका छन् । रामको मूर्तिको प्राणप्रतिष्ठा गरेपछि राममन्दिरको सबै द्वार खुला भएसँगै लाखौं भक्तजनहरुको भीड लागेको छ ।

मंगलबार पहिलो दिन लाखौं भक्तजनहरु रामको दर्शन र पूजाका लागि पुग्दा भीडमा च्यापिएर केही घाइते भएका हुन् । बिहानको पूजाका लागि सर्वसाधारण रातभर लाइनमा बसेकाहरुको भीड नियन्त्रण गर्न हजारौं प्रहरी परिचालन गरिएको छ ।

सुरक्षा घेरा तोडेर मन्दिर प्रवेश गरेपछि भीड थेग्न नसकेर केही बेर दर्शनमा समेत रोक लगाउनु परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रामको मूर्तिको प्राणप्रतिष्ठापछि ३ लाख भक्तजनले रामको दर्शन गरेको अनुमान गरिएको छ भने लाखौं दर्शनको प्रतीक्षामा रहेको बताइएको छ ।

भीड नियन्त्रणका लागि अयोध्यामा बस र रेलवे सेवा समेत बन्द गरिएका छन् । भारतको अयोध्यामा निर्मित राममन्दिरमा सोमबार भगवान रामको मूर्तिको प्राणप्रतिष्ठा गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर