Aamsanchar

युक्रेनमा रुसी मिसाइल आक्रमण, कम्तीमा १८ जनाको ज्यान गयो

Author Image
बुधवार, माघ १०, २०८०

काठमाण्डौ – रुसले युक्रेनका ठूला सहरहरूमा मिसाइल आग्रमण गर्दा कम्तीमा १८ जनाको ज्यान गएको छ । त्यस्तै एक सय ३० जनाभन्दा धेरै घाइते भएका छन् । रुसको पछिल्लो आक्रमणपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले एक सम्बोधनमा क्रममा रुसले विभिन्न प्रकारका ४० वटा मिसाइल प्रक्षेपण गरेको बताउनु भएको समाचार संस्था अलजजिराले जनाएको छ ।

उहाँले मिसाइल प्रक्षेपणका कारण एक सय ४० वटा घरसहित दुई सयभन्दा बढी भौतिक संरचना र भवन ध्वस्त भएका जानकारी दिनुभएको छ । प्रभावित क्षेत्रमा उद्धारको काम भैरहेको छ । आक्रमणमा परि त्यहाँ बस्ने सामान्य र निर्दोष नागरिकको ज्यान गएको खबरमा उल्लेख छ । राष्ट्रपति जेलेन्स्कीले यो आक्रमणको कडा जवाफ दिने प्रतिक्रिया दिनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर