Aamsanchar

राजविराज कारागारका एक कैदीको मृ*त्यु

Author Image
बुधवार, माघ १०, २०८०

राजविराज – राजविराज कारागारका एक कैदीको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका-३ का ३५ वर्षीय गोरिया भनिने बिरेन्द्र कुमार मलाहाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले जनाएको छ ।

मानसिक सन्तुलन गुमेको र मृगौला रोगबाट पीडित मलाहालाई अक्सिजनस्तर कम भएपछि सोमबार अस्पताल भर्ना गरिएको थियो । मृतकका ससूरा महादेवा गाउँपालिका -३ वथनाहाका तुरुन्तलाल मुखियाले ज्वाइँलाई मानसिक समस्या देखिएकाले जेलबाट उपचारमा ल्याउने,लैजाने काम भइरहेको र उपचारकै क्रममा मृत्यु भएको जानकारी दिए।

उनी ज्यान मार्ने उधोग र डाँका कसुरमा ०७७ पुस २७ गतेदेखि कैदी जीवन विताइरहेका थिए। उनलाई ५ वर्षका लागि कैद सजाय भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर