Aamsanchar

प्रहरी कार्यालयनजिकै सकेट बम फेला, सेनाको टोली जाँदै

Author Image
बुधवार, माघ १०, २०८०

संखुवासभा – जिल्ला प्रहरी कार्यालय संखुवासभानजिकै सकेट बम फेला परेको छ। बुधबार बिहान ११ बजे जिल्ला प्रहरी कार्यालयनजिकै सकेट बम फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय हेलिप्याडनजिकै सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालयका संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए। प्रहरी कार्यालयको हेलिप्याड डाँडानजिकै सकेट बम फेला परेको डिएसपी श्रेष्ठले बताए।

सकेट बम डिस्पोजका लागि सदरमुकाम खाँदबारीमा रहेको नेपाली सेनाको नयाँ भैरवी दल गुल्मको टोलीलाई खबर गरिसकेको डिएसपी बताए।

सकेट बम फेला परेको आसपास अन्य शंकास्पद वस्तुसमेत हुनसक्ने प्रहरीले जनाएको छ। उक्त बम द्वनद्वकालीन समयमा राखिएको हुनसक्ने प्रहरीले जनाएको छ। सरसफाइ गर्न क्रममा प्रहरी कार्यालयको हेलिप्याडनजिकै प्रहरीले नै शंकास्पद बस्तु फेला परेको जानकारी गराएका थिए। बम डिस्पोजका लागि आवश्यक तयारी भइरहेको नयाँ भैरवी दल गुल्मको गुल्मपती (मेजर)सन्तोश चन्दले बताए।

उक्त क्षेत्रमा बम डिस्पोज नभएसम्मका लागि प्रहरीले निषेधित क्षेत्रको रुपमा राखेर सुरक्षा गरिरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर