Aamsanchar

कोरियन भाषा परीक्षाका लागि आवेदन दिएकाहरूको रजिस्ट्रेशन नम्बर परिवर्तन

Author Image
बिहिवार, माघ ११, २०८०

काठमाण्डौ – कोरियन भाषा परीक्षाका लागि आवेदन दिएकाहरूको रजिस्ट्रेशन नम्बर परिवर्तन भएको छ ।

उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिएकाहरूको यसअघि कायम भएको रजिस्ट्रेशन नम्बर परिवर्तन भएको ईपीएस कोरिया शाखाले जनाएको छ । शाखाका अनुसार उनीहरूको पहिलेको रजिस्ट्रेशन नम्बर परिवर्तन भएर आएको छ ।

परिवर्तित नयाँ रजिस्ट्रेशन नम्बर फाराम भर्दाको वेबसाइट  https://eoers.epsnepal.gov.npमा पुनः लगइन गरेर प्रिन्ट गर्न सकिने शाखाले जनाएको छ । भाषा परीक्षाको लागि १ लाख ६४ हजारभन्दा धेरैले आवेदन दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर