Aamsanchar

लागुऔषध कारोवारमा संलग्न दुई यूवा पक्राउ

Author Image
बिहिवार, माघ ११, २०८०

बुटवल – लागुऔषध कारोवारमा संलग्न दुईजना यूवालाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका -१० रामनगरस्थित पूर्वपश्चिम राजमार्गमा चेकजाँचको क्रममा शंकास्पद अवस्थामा हिँडेका बुटवल ११ देविनगरका ४६ वर्षीय दिनेश थापा र तिलोत्तमा नगरपालिका -२ का २८ वर्षीय बिक्की पुनमगरलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट एसपीएस लेखेको क्याप्सुल,केयर ज्याकको टिटीसेट,निबट्राभेट–१० लेखेको ट्याब्लेट नगद ५५ हजार ५ सय ४० रुपैयाँ र ब्राउन सुगर बरामद गरिएको छ ।

उनीहरुलाई लागुऔषध कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर