Aamsanchar

अर्जुनधारा जेसीजको अध्यक्ष पदभार बुढाथोकीलाई हस्तान्तरण

Author Image
शनिवार, माघ १३, २०८०

अर्जुनधारा । झापाको अर्जुनधारामा रहेको अर्जुनधारा जेसीजको ११ औं पद हस्तान्तरण सम्पन्न भएको छ ।
सहमति र सहकार्यको भावनालाई आत्मसाथ गर्दै सर्वसम्मत निर्वाचित भएको सन २०२४ को कार्यसमिति पदाधिकारीको हिजो एक समारोहका बिच पद हस्तान्तरण भएको हो ।

वर्ष २०२३ का अध्यक्ष प्रेम खड्काको अध्यक्षता र संविधान सभा उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा आयोजित पद हस्तान्तरण कार्यक्रममा संस्थापक अध्यक्ष इन्दिवर खड्कालगायत पूर्व अध्यक्षहरूले २०२३ का अध्यक्ष खड्काले लगाएको जेसीज चेन २०२४ का अध्यक्ष बसन्त बुढाथोकीलाई पहिरियाएर पद हस्तान्तरण गरिएको थियो । कार्यक्रममा  निवर्तमान अध्यक्ष तथा निर्वाचन आयुक्त भीमबहादुर कँवर राजुले नव निर्वाचित अध्यक्ष बुढाथोकीलाई सपथग्रहण गराएका थिए । त्यसपछि वर्ष २०२४ का अध्यक्ष बुढाथोकीले नयाँ कार्यसमिति पदाधिकारी सदस्यहरूलाई पद तथा गोपनीयताको सफल खुवाएका थिए ।

वर्ष २०२४ का लागि कार्यकारिणी उपाध्यक्षहरू वेदनारायण गोदार, भवानी बराल, कानुनी सल्लाहकार बालगोपाल गौतम, महासचिव मनोज सिटौला, कोषाध्यक्ष विमला भट्टराई, उपाध्यक्षहरू सागर घिमिरे, सुरेन राई, टङ्क दाहाल र भीम बराल, सचिव गौरव भण्डारी, सहसचिव रमेश विष्ट, सहकोषाध्यक्ष धनेन्द्र डाँगी, जनसम्पर्क अधिकारी सुमन ओली, प्रकरण निर्देशक सुमन राई रहेका छन् । त्यसैगरी तालिम संयोजक गजेन्द्र खनाल, स्वास्थ्य संयोजक अञ्जु सावा लिम्बू, संस्कृति संयोजक ईशान ढकाल, अतिथि सत्कार संयोजक लक्ष्मी कन्दङवा, वृक्ष रोपन दिपसन राई, सञ्चार संयोजक राजन साम्पाङ राई, वातावरण संयोजक प्रदिप लिम्बू चयन भएका छन् ।

कार्यक्रममा पूर्व अध्यक्षहरू अजयकुमार देव, प्रलाद ढुङ्गाना, सार्दुलहाङ ओलीलाई सम्मान गरिएको थियो । त्यस्तै विभिन्न क्षेत्रमा आवद्ध चारजनालाई सम्मान गरिएको छ । भीमबहादुर खड्का उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार देवु बानियाँ, नवराज खड्का स्मृति शिक्षा पुरस्कार भानु मावीका छात्रा जेसीका प्रसाईँ, स्थानीय पत्रकारिता पुरस्कार सञ्चारकर्मी सुरज प्रधानलाई प्रदान गरिएको छ ।
शेरबहादुर पत्रकारिता पुरस्कार भने पुरस्कार प्राप्त गर्ने व्यक्ति फिफा रेफ्री श्याम दनुवार अनुपस्थित भएकाले वितरण हुन सकेन ।

समारोहकै बिच अर्जुनधारा नगरपालिका ५ का वडाध्यक्ष गिताराज खड्का हरिलाई मानार्थ सदस्यता प्रदान गरिएको छ ।

कार्यक्रममा स्वस्तिका शिक्षा सदन एनसिसि क्लबका विद्यार्थीहरूले सैनिक मार्चपास देखाएका थिए । देवी पाथिभरा स्कुलका विद्यार्थीहरूले स्वागत नृत्य प्रर्दशनी गरेका थिए ।
कार्यक्रमको उद्घाटन सत्रमा आस्था वाचक विमला भट्टराईले गरेकी थिइन भने कार्यक्रमको सञ्चालन वेदनारायण गोदारले गरेका थिए । दोस्रो चरणको कार्यक्रम वर्ष २०२४ का महासचिव मनोज सिटौलाले गरेका थिए । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर