Aamsanchar

बार्सिलोना छोड्दै प्रशिक्षक जाभी

Author Image
आइतवार, माघ १४, २०८०

काठमाडौँ । जाभी हर्नानडेजले बार्सिलोनाको प्रशिक्षक छोड्ने घोषणा गरेका छन् । बार्सिलोनाले लगातार हार बेहोरेपछि जाभीले सिजनको अन्त्यपछि क्लब छोड्ने घोषणा गरेका हुन् ।

 बार्सिलोना केही दिनअघि स्पेनिस सुपर कोपाको फाइनलमा रियल म्याड्रिडसँग तथा यस सिजनको कोपा डेल रेबाट बाहिरिएको छ भने गएराती सम्पन्न ला लिगाको खेलमा भिल्लारियलसँग पराजित भएको थियो ।

 यो हारसँगै बार्सिलोना लिगमा शीर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा १० अङ्कले पछाडि रहेको छ ।

 जाभीले हारसँगै क्लब छोड्ने घोषणा गरेका हुन् । जाभीले क्लबमा परिवर्तन आवश्यक रहेको बताउँदै आफूले ३० जुनपछि क्लब छोड्ने बताएका छन् । उनले आफू बार्सिलोनाको फ्यान भएको र क्लबको हितमा निर्णय लिएको बताएका छन् ।

 जाभी २०२१ को नोभेम्बरदेखि बार्सिलोनाको प्रशिक्षक रहेका छन् । उनले बार्सिलोना प्रशिक्षक रहदा २०२२-२३को ला लिगा सिजन जितेका थिए भने २०२२-२३ को सुपर कोपाको उपाधि जितेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर