Aamsanchar

सत्ता गठबन्धन र विपक्षी दलका सांसदबीच सदनमा लात्ती र मुक्का हानाहान

Author Image
सोमवार, माघ १५, २०८०

काठमाडौं –माल्दिभ्सको संसद्‌मा सांसदहरूबीच झडप भएको छ । आइतबार संसद्को बैठकस्थलमा उनीहरूबीच झगडा भएको हो ।

उनीहरूले एकार्कालाई मुक्का र लात्ती प्रहार र झगडा गरिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ ।

आइतबार त्यहाँ राष्ट्रपति मोहम्मद मुइज्जुको सरकारका मन्त्रीको संसदीय अनुमोदन गर्ने कार्यक्रम तय थियो ।

पिपुल्स नेसनल कांग्रेस (पीएनसी) र प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम)को सत्ता गठबन्धन र विपक्षी दल माल्दिभियन डेमोर्क्याटिक पार्टी (एमडीपी)का सांसदबीच झडप भएको बताइएको छ ।एक भिडियोमा एमडीपीका सांसद इसा र सत्तारूढ पीएनसीका अब्दुल्लाह शाहिम अब्दुल हकीमबीच झगडा भएको देखिएको छ । अर्को भिडियोमा एक सांसदले सभामुखको कानमा ठूलो आवाज आउने हर्न बजाइरहेको देखिन्छ । कैयौँ सांसदले बैठक अवरुद्ध गरेको बताइएको छ ।

सत्ता गठबन्धनका सांसदले विपक्षीलाई सदनमा प्रवेश गर्न रोक लगाएपछि झगडा भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर