Aamsanchar

वीरता लेडी जेसीजको पद हस्तान्तरण, पत्रकार पाण्डे र मारवाडी महिला मञ्चकी केन्द्रिय अध्यक्ष जोशी सम्मानित 

Author Image
सोमवार, माघ १५, २०८०

चारपाने। झापा बिर्तामोडमा कार्यालय रहेको वीरता लेडी जेसीजको १९ औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण सम्पन्न भएको छ । सोमबार बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजित कार्यक्रममा वर्ष २०२३ की अध्यक्ष संगीता गिरीले वर्ष २०२४ की अध्यक्ष मेनुका ओलीलाई जेसीज चेन पहिर्याएर पद हस्तान्तरण गरेकी हुन् । ओली केही दिन अघि सम्पन्न निर्वाचनबाट वर्ष २०२४ का लागि अध्यक्षमा निर्वाचित भएकी थिइन् ।

अध्यक्ष ओलीले तीनजना पदाधिकारीहरूलाई आज मनोनित गरेकी छन् । अध्यक्ष ओलीले महासचिव मुना ढुङ्गेल, कोषाध्यक्ष अर्चना राउत र कानुनी सल्लाहकारमा झुमा भट्टराईलाई नियुक्त गरेकी हुन ।
निर्वाचित भएका कार्यकारिणी उपाध्यक्ष दीपा शिवाकोटी, निशा शाक्य, तालिम संयोजक प्रियङ्का उप्रेती, सहसचिव एलिना रिजाल, जनसम्पर्क अधिकारी तारा बस्नेत निरौला, शाखा सम्पादक रेनुका महतो त्यसैगरी उपाध्यक्ष दुर्गादेवी ओली ९कविता०, कोपिला पोखरेल, चन्द्रकला रिजाल र अस्मिता राईलाई अध्यक्ष ओलीले पद तथा गोपनियताको सफत ग्रहण गराएकी थिइन ।
कार्यक्रममा संस्थालाई सञ्चार क्षेत्रको माध्यमबाट सहयोग गरेको भन्दै पत्रकार विनोद पाण्डेलाई सम्मान गरिएको थियो । पाण्डेलाई नगद तथा सम्मान पत्र प्रदान गरिएको थियो । पाण्डे आमसञ्चार डटकमका सञ्चालक/समाचार प्रमुख हुन् ।

त्यस्तै वीरता लेडी जेसिजकी संस्थापक अध्यक्ष शारदा रिजाल ढकालद्वारा आफ्ना बुवा र ससुराको स्मृतिमा स्थापित यज्ञ–तीर्थ स्मृति पुरस्कार महिला अधिकारकर्मी तथा नेपाल मारवाडी महिला मञ्चकी राष्ट्रिय अध्यक्ष निर्मलाकुमारी शर्मा जोशीलाई प्रदान गरिएको थियो । उनलाई कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईँ सहित ढकालको परिवारले नगद १० हजार एक सय रुपैयाँसहित सम्मान पत्र प्रदान गरेका थिए ।

वर्ष सन् २०२४ को कार्यसमिति पदाधिकारीहरु । उत्कृष्ट जेसीज सम्मान २०२३ प्रभा रायमाझीले प्राप्त गरिन् ।

पत्रकार पाण्डेलाई सम्मान गर्दै प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईँ (गुसलावी सल) साथमा प्रहरी निरीक्षक ढुण्डीराज गिरी, सञ्चारिका झापा अध्यक्ष लिला अनमोल, वीरता लेडी जेसीज २०२३ की अध्यक्ष संगीता गिरी । 

कार्यक्रममा वर्ष २०२३ की अध्यक्ष गिरीले आफ्नो कार्यकालमा विभिन्न विधामा उत्कृष्ट वीरता लेडी जेसीजका सदस्यहरू सुमित्रा भट्टराई, प्रियङ्का उप्रेती, मुना ढुंगेल, निशा शाक्यलाई अवार्ड प्रदान गरेकी थिइन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रसाईँले महिलाहरूले सामाजिक कार्यमा लाग्नु कठिन कार्य भएको बताइन् । पितृसत्तात्मक समाजमा घरव्यवहार सम्हालेर समाजको दायित्व निर्वाह गर्नु सजिलो नभएको धारणा व्यक्त गरिन् । उनले वीरता लेडी जेसिजले समाजमा गरेका परोपकारी कार्यको खुलेर प्रशंसा गरिन् ।
वर्ष २०२३ की अध्यक्ष गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव निशा शाक्यले सञ्चालन गरेकी थिइन् । तारा बस्नेतले सहभागीहरूलाई स्वागत गरेको कार्यक्रममा आस्था वाचन कविता ओली र जेसीज भिजन प्रियङ्का उप्रेतीले वाचन गरेकी थिइन् ।

मायाको चिनो साटासाट गर्दै वर्ष २०२३ की अध्यक्ष संगीता गिरी र २०२४ की अध्यक्ष मेनुका ओली ।

कार्यक्रममा संस्थापक अध्यक्ष शारदा रिजाल, नेपाल जेसीज कार्यकारिणी उपाध्यक्ष भिमकुमार र कुँवर, उपाध्यक्ष बहादुर तामाङ, वीरता जेसीजका पूर्व अध्यक्ष तथा झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेत, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समारोहमा जेसिजका विभिन्न शाखाका अध्यक्षहरु, वीरता लेडी जेसिजका पूर्व अध्यक्षहरू, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

सम्मान ग्रहण पछि सामूहिक तस्वीरमा सम्मानित निर्मलाकुमारी शर्मा ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर