Aamsanchar

दिल्लीमा आगलागीमा परि चार सयभन्दा धेरै निजी गाडी जलेर नष्ट

Author Image
मङ्गलवार, माघ १६, २०८०

भारतको राजधानी दिल्लीमा आगलागीमा परि चार सयभन्दा धेरै निजी गाडी जलेर नष्ट भएका छन् ।

दिल्लीको वजिराबाद प्रहरी स्टेशनको एउटा भण्डारमा हिजो आगलागी भएको स्थानीय अग्नि सेवा विभागले जनाएको छ ।

आगलागीका कारण गोदाममा राखेका गाडीहरू जलेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आगलागीमा परि नष्ट भएका गाडी स्थानीय प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेको र दुर्घटनामा संलग्न रहेको भन्दै नियन्त्रणमा लिएको खबरमा उल्लेख छ । आगलागीको कारण भने खुलेको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर