Aamsanchar

अमेरिकी सैन्य अड्डामा ड्रोन आक्रमण हुँदा तीन अमेरिकी सैनिकको ज्यान गयाे

Author Image
मङ्गलवार, माघ १६, २०८०

काठमाडौं – सिरियाको सीमा नजिकै उत्तरपूर्वी जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा ड्रोन आक्रमण हुँदा तीन अमेरिकी सैनिकको ज्यान गएको छ। चौतीस जना घाइते भएका छन्।

मृत्यु हुनेमा सार्जेन्ट विलियम जेरोम रिभर्स, विशेषज्ञ केनेडी लाडोन स्यान्डर्स र विशेषज्ञ ब्रेओना एलेक्ससन्ड्रिया मोफेट रहेको अमेरिकी सरकारले जनाएको छ। तिनीहरू आवास इकाईमा ड्रोन ठोक्किएर मारिएको जनाइएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो हमलामा इरान समर्थित समूहको हात रहेको आरोप लगाएका छन्। अक्टोबर सात यताको इजरायल–हमास युद्धपछि यो हमला सबैभन्दा खतरनाक मानिएको छ।

हमला अघि अमेरिकी सेनामाथि इराक र सिरियास्थित समूहले एक सय पचासभन्दा बढी आक्रमण गरेको छ। जसमा कम्तीमा सत्तरी जना घाइते भएका छन्। जोर्डनमा सयौँ अमेरिकी सैनिक प्रशिक्षकका रूपमा तैनाथ छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर