Aamsanchar

नेपाली वैज्ञानिक डाक्टर प्रेरणा श्रेष्ठले अमेरिकामा प्राप्त गरिन् २९ करोडको अनुसन्धानवृत्ति

Author Image
मङ्गलवार, माघ १६, २०८०

काठमाडौं – नेपाली वैज्ञानिक डाक्टर प्रेरणा श्रेष्ठले अमेरिकामा २९ करोड २५ लाख रुपैयाँ बराबरको अनुसन्धानवृत्ति प्राप्त गरेकी छन्।

अमेरिकामा लामो समयदेखि अध्यापनरत श्रेष्ठलाई अमेरिकी सरकारी निकाय नेसनल इन्स्टिच्युट अफ मेन्टल हेल्थले २२ लाख डलर अर्थात् २९ करोड २५ लाख रुपैयाँबराबरको रकम उपलब्ध गराउने भएको हो।

उनी हाल न्युयोर्कको स्टोनी ब्रुक युनिभर्सिटीमा न्युरोबायोलोजी एन्ड बिहेबियर विभागमा अध्यापनरत छन्। सूक्ष्म कोषिका र त्यसअनुसार निर्मित प्रोटिनहरुले मानव मस्तिष्कलाई कसरी क्रियाशील बनाउँछ भन्ने विषयमा श्रेष्ठको टोलीले अध्ययन गर्नेछ।

गम्भीर दुर्घटनापछिको मनोवैज्ञानिक सन्त्रास मानवमा आजीवन समस्याका रुपमा रहिरहन सक्छ। भविष्यमा यस्ता समस्यामा रहेका मानिसको उपचारमा यो अध्ययन सहयोगी हुने श्रेष्ठले बताएकी छन्। उनले आफ्नो अनुसन्धान मानव मस्तिष्कमा कसरी भावनात्मक स्मरण लामो समयसम्म रहन्छ भन्नेमा केन्द्रित रहने बताइन्।

श्रेष्ठले सन् २०११ मा रकफेलर युनिभर्सिटीबाट जीवन विज्ञान विषयमा विद्यावारिधि गरेकी हुन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर