Aamsanchar

बोरिङ गर्न खनेको खाल्डोमा खसेका दुई वर्षीय बालकको सकुशल उद्धार

Author Image
बुधवार, माघ १७, २०८०

काठमाडौं- प्रहरीले खाल्डोमा खसेको दुई वर्षीय एक बच्चालाई सकुशल उद्धार गरेको छ। भक्तपुर सूर्यविनायक नगरपालिकाको कटुञ्जे भैरव मन्दिरनजिक खाली जग्गामा बोरिङ गर्न खनेको करिब १५ फिटको खाल्डोमा खसेको दुई वर्षीय बच्चालाई मंगलबार प्रहरी प्रभाग कटुन्जे र प्रहरी वृत जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा सकुशल उद्धार गरेको (प्रनाउ) डिएसपी वसन्त पाठकले जानकारी दिए।

रामेछाप मन्थली नगरपालिका वडा नं.७ घर भई हाल कटुन्जे बस्ने दुई वर्षीय सजिन भुजेल खेल्ने क्रममा युक्त खाडलमा खसेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर