Aamsanchar

अर्जुनधाराको पाण्डवपुरमा आजदेखि समावेशी श्रीमद् भागवत महापुराण धार्मिक महामहोत्सव सुरु

Author Image
बिहिवार, माघ १८, २०८०

लक्ष्मीपुर ।  झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ पाण्डवपुर स्थित श्री बागेश्वरी दुर्गा भगवती मन्दिरमा आज ९विहिबार० बाट धार्मिक अनुष्ठान सुरु भएको छ ।
जीर्णोद्धार मन्दिर पुनः निर्माणको उद्देश्यसहित सुरु भएको  समावेशी श्रीमद भागवत महापुराण धार्मिक महामहोत्सव माघ २५ गते सम्म आयोजना हुने आयोजक समितिले जानकारी दिएको छ ।

कोशी प्रदेशका सांसद तथा कार्यक्रमका प्रमुख अतिथि चिन्तन पाठकले धार्मिक विधि अनुसार पूजा गरेर अनुष्ठानको उद्घाटन गरेका हुन् ।  अनुष्ठानमा गल्ला रञ्जिता कार्की, धान्यचल पर्वतको उद्घाटन स्थानीय ज्येष्ठ नागरिक हरिबहादुर कार्कीले गरेका थिए ।

महाभारतकालीन ऐतिहासिक स्थानका रुपमा रहेको पाण्डवपुरलाई धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजनासहित धार्मिक महामहोत्सव आयोजना गरिएको मूल आयोजक समितिका संयोजक इन्द्रमणि पौडेलले जानकारी दिए ।

बिहान ११ बजे विभिन्न बाजागाजा, ब्यानर सहित कलश शोभायात्रा सम्पन्न गरेर पश्चात औपचारिक रुपमा पुराण उद्घाटन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पाठकले झापा क्षेत्र नं। ५ लाई ६ वटा कलस्टरमा विभाजन गरेर विभिन्न योजनाहरू अघि सारिएको बताए । उनले भने ‘ किसानहरूको जीवनस्तर माथि उठाउने योजना अन्तरगत बिर्तामोड र अर्जुनधारा नगरपालिकामा दुईरदुई वटा, बुद्धशान्ति गाउँपालिका र कनकाई नगरपालिकामा एकरएक वटा कलस्टरमा दुग्ध, माछा, धान, सुपारी, बाँस र तरकारी खेती प्रर्वद्धन गर्नको लागि चाइनिज विज्ञहरूको टोलीले दुई पटक सर्वेक्षण गरिसकेको र उक्त योजना सफल बनाउन संघीय सासंद् तथा सभामुख देवराज घिमिरेबाट पहल भईको छ ।’ पाठकले स्थानीयलाई विश्वस्त रहन भन्दै भने ‘ चाँदनी चोक उत्तर अर्जुनधारा जाने बाटो निर्माणको लागि योजना बनाएर माथिल्लो तहमा पठाईको छ ।’ बाटो बनेपछि बागेश्वरी दुर्गा भगवती मन्दिरमा आउने भक्तजनको संख्या बढ्ने र यस क्षेत्रको विकास हुँदै जानेमा सासंद् पाठकले जोड दिएका थिए ।

उद्घाटन समारोहमा अर्जुनधारा ५ नम्बर वडाध्यक्ष गीताराज खड्का ९हरि०, नेपाली काँग्रेस नेतृ रञ्जिता कार्की, नवदुर्गा पाञ्चायन मन्दिर बिहिबारेका अध्यक्ष छविलाल लम्साल लयागतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा कनकाई ८ नम्बर वडाध्यक्ष लिलाबहादुर कटुवाल, काँकडभिट्टा खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष गोविन्द गिरी, विश्व हिन्दु महासङ्घका गणेशबहादुर कार्की, तामाङ घेदुङ अर्जुनधारा नगर अध्यक्ष दीपराज तामाङलगायत सामाजिक अगुवाहरूको उपस्थिति रहेको लेखा समिति संयोजक झलक चौहानले जानकारी दिए ।

कार्यक्रममा स्वागत आयोजक समिति सदस्य चन्द्रबहादुर तामाङले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव देवराज बुढाथोकीले गरेका थिए ।

महापुराणमा प्रमुख बाचकका रुपमा पण्डित कमलनयन निरौला, ब्यासचार्य पण्डित किरणमणि दाहाल रहने छन् भने राष्ट्रिय भजन गायक कृष्ण भण्डारीको समुहबाट संगीतमय भजनकीर्तन प्रस्तुत हुने मूल आयोजक समितिका संयोजक पौडेलले आमसंचारलाई बताए ।

महापुराण अवधिभर श्रीमद भागवत कथा चर्चा, सन्ध्या आरती, संगीतमय भजनकीर्तन, ज्ञान मञ्च, झाँकी प्रदर्शनलगायतका कार्यक्रमहरू हुने जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर