Aamsanchar

बर्दिवासका चिया पसलहरू, जसले एउटा इतिहास बनाएँ

Author Image
शनिवार, माघ २०, २०८०

महोत्तरी । चियाको उत्पत्तिका विषयमा अनेकौं किम्वदन्तीहरू छन । भनिन्छ ५ हजार वर्षअगाडि चीनका एक सम्राट शेन नुंग जोले  एक दिन जङ्गलमा उनका सहयोगीहरूले पिउने पानी उमालिरहँदा नजिकैको रुखबाट केही पातहरू पानीमा हाले  त्यसरी उमालिएको पानी पिउँदा निक्कै स्वाद आयो । कालान्तरमा गएर त्यही नै चिया बन्न पुग्यो ।

त्यससँगै विकसित भएको चियाको अम्मल विश्‍वभरि नै फैलियो । बिस्तारै यसका रुप रंगहरु मात्र फेरिएनन्, मानिसहरूले व्यापारको रुपमा पैसा आर्जन गर्ने गन्तव्य समेत बनाए  । पेय पदार्थको रुपमा विश्‍वभरि लोकप्रिय बन्दै गएपछि कप अफ टी, टी विथ मुसोलिनी, टि एन्ड बिस्केट, द टेस्ट अफ टी, द टाइगर हु केम टु टी लगायतका सयौँ चलचित्र समेत निर्माण भइसकेका छन । सबैभन्दा पहिला सन् ७६०र६२ को हाराहारीमा एक चाइनिज लेखक लु युले पूरै पुस्तक चियाबारे लेखेका थिए । ऋज’ब  श्ष्लन अर्थात् त्जभ ऋबिककष्अ या त्भब पुस्तकको मूल ग्रन्थ हराएर पछि मिङ वंशको पालामा पुनर्लेखन भएको थियो । यो पुस्तकमा चियाको उत्पत्ति, रोप्ने टिप्नेदेखि पाउँदासम्म प्रयोग गर्ने १५ भाँडाकुँडाहरू, बनाउने, पिउने तरिका, पाइने स्थान, इतिहास सबैको सविस्तार व्याख्या गरिएको छ ।

नेपालमा पनि राजा, महाराजा अर्थात सम्भ्रान्त बर्गले उठ्ने बित्तिकै बिहान सोखको लागी पिउने चिया अहिले देशैभरीका गल्ली, दोबाटो, राजमार्ग र होटलहरूमा करोडौँ  सङ्ख्यामा बिस्तार भएका छन ।

चिया पारखीहरूले स्वादिष्ट चिया पाउने ठाउँको रुपमा देशैभरीका कतिपय शहरहरूलाई श्रेणिगत रुपमा विभाजन गरेका छन ।  यस्तै चिया चर्चाको रुपमा आधा शतकदेखी विकास हुँदै आएको बर्दिवास शहरको चर्चा अहिले पनि उत्तिकै छ ।

५० बर्ष देखी चियाको वरिपरि घुमिरहने स्थानीय व्यापारीका कारण मात्र हैन्, नयाँ पुस्ताको चिया कै आधुनिकीकरणका कारण बर्दिबासको उचाईलाई चियाले नै मलजल गरिरहेको छ । केही तन्नेरी पुस्ताका चिया पसल र चियालाई बर्दिवास र बर्दिवासलाई चियाको रुपमा चिनाएका पुराना चिया पसल हरुमा आउनूस् एकैछिन घुमौँ ।

कित्ली चिया घर

चियाको लोकप्रियतालाई ध्यानमा राखी तन्नेरी पुस्ताले अवलम्बन गरेको चिया घर हो कित्ली चिया । बर्दिवास बजारको मुख्य राजमार्गबाट झण्डै सय मिटर भित्र पसेपछि कित्ली चिया घर पुगिन्छ । भुइँ घरलाई डेकोरेसन गरेर बनाइएको चिया घरमा पुगेपछि बोर्डमा लेखिएको छ ।

चियाको स्वादमा झुमिने पारखीहरूलाई यो लेखेको भनाई देखेपछि अलि कौतुहल लाग्छ । अचम्म लाग्दो त कहाँ नीर छ भने पारखीहरूले कालो वा सेतो, चिनी भएको वा नभएको भनेर अर्डर गर्न पर्दैन लामो मेनुले कुन चाँहि चिया पिउने भन्नेमा बरु अलमल्ल बनाउँछ ।

कर्मचारीहरू आएर प्रत्येक मेनुको वर्णन गरेपछि बल्ल कुनचाहिँ चिया पिउने भन्नेमा उनीहरूले निर्णय गर्छन । मेनुमा २३ प्रकारका चियाको लामो सूची  बनाइएको छ । २० रुपैया देखी सुरु हुने यो कित्ली घरमा २५० सम्मको चिया पाइन्छ । २५० मा पाइने चियालाई पान घोत्ला चिया भनिन्छ । हो यही चियाले बर्दिवासलाई नयाँ चिनारी दिएको छ ।

पान घोत्ला चिया पछि अर्को परिचित चियाको नाम हो कान्छी चिया । कान्छी चियाको आफ्नै कथा छ । सुत्केरी महिला, स्वास्थ्यका दृष्टिकोणले कमजोर जोकोहीले पौष्टिक तत्वको रुपमा यसलाई खुवाउन सकिने  कित्ली घरकी सञ्चालक जुनु सुनार बताउँछिन् । यसमा विभिन्न मसलाहरू मिश्रण गरिएको हुन्छ । बर्दिवास चियामा त्यतिकै परिचित छ, यसलाई थोरै हामीले नयाँपन दिने कोशिश गरेका छौ,  सुनारले भनिन, ञव्यावसायिकरुपमा समयअनुसार परिमार्जन गर्न आवश्यक छ, हामीले नयाँ ट्रेनको आवश्यकतालाई बुझ्यौ, त्यतिमात्र हो ।

शर्मा चिया पसल

चियाको लामो इतिहास बोकेको बर्दिबासको अर्को चिया पसल हो ९ शर्मा चिया पसल ।  चिया पसल खोल्दा यसका सञ्चालक जयनारायण शर्मा तन्नेरी थिए ।  जतिबेला बर्दिबासमा बजार नै थिएन, जनसंख्या निक्कै कम थियो । मानिसहरू ओहोरदोहोर गर्ने तत्कालीन बर्दिवास चौबाटो नभएता पनि शर्माले बनाउने चियामा झुमिने र मजा लिने त्यतिबेला पनि हुन्थ्यो ।

जयनारायण शर्माले चिया पसल खोले तर कित्ली चियाको जस्तो अनेकौं प्रकारहरू पनि थिएन तर शर्मा चियाको स्वाद सर्वत्र फैलियो । यतिमात्र हैन यहाँ गिरिजाप्रसाद कोइराला देखि देशका शीर्ष नेताहरूले समेत आउजाउ हुँदा शर्मा चिया पसललाई केन्द्र बनाउन थाले ।  अहिलेसम्म पनि जयनारायण शर्मा सोही चिया पसललाई निरन्तरता दिदै आएका छन । चियाको कुशल व्यवस्थापनका कारण अभ्यस्त बनेका शर्मा अहिले सामाजिक कार्यमा उत्तिकै सक्रिय छन ।

थापा चिया पसल

अहिले चिया बनाउँदा  थापाको हात थरथर काम्छ । बुढ्यौलीले त्यति उनी हिँडडुल  गर्दैनन् तर चियाको मीठो चुस्की लिदै चिया चौतारी बनाएका ब्यक्तिहरूको अटुटपना दिनभरी नै रहन्छ ।

बर्दिबासका अन्यत्र ठाउँहरूमा चिया पिउनेहरू भनछन  ‘एक कप थापा चियामा गएर पिउ अनि छुटिउला’ कित्ली घरको जस्तो थापा पनि परिकारले भरिपूर्ण  चिया बनाउन चै जान्दैनन् तर चियाको उत्कृष्ट स्वादले थापाको चिया पसलले बर्दिवास लाई ४ दशक देखि जीवन्त बनाउँदै आएको छ। चिया पिउन आएकाहरू भन्छन् । थापाको चिया पसलमा चिया पिएर नै हामी हुर्केका हौ ।थापाका जेठा छोराले बर्दिबासमा नै चिया पसल सञ्चालन गरेका छन । बाबुको पुरानो बिरासत लाई थामेका हिमाल चिया पसलमा पनि बिहान, बेलुका चुस्की लिनेहरूको भिड नै हुने गर्दछ । अझ उनको चिया पसल बर्दिवास नगरपालिका भरीका प्रधानाध्यापकहरूको योजना बनाउने शैक्षिक चौतारी बनेको छ । त्यसैले उनको  चिया पसललाई शिक्षक चोक भनिन थालेको छ ।

बस्नेत चिया पसल

बस्नेत चिया पसल पनि बर्दिबासमा लामो इतिहास बोकेको चिया पसल हो । हुन त  चिया कै विषयमा विश्वमा हजारौँ पुस्तकहरू लेखिएका छन् ।नेपालका साहित्यकारहरूले विभिन्न कृतिहरू चिया कै परिवेशमा रचना गरेका छन ।विद्यालयका पाठ्यपुस्तकहरूमा पनि यसबारे विभिन्न प्रकारका कथाहरू समेत समावेश गरिएको छ । तर चियामा नै जीवन बिताएका र चियाको संस्कार स्थापित गरेका बस्नेत जस्ता धेरै जना गल्ली र गल्छेँडाहरूमा हराइरहेका छन  । बस्नेत चिया पसल पनि बर्दिबासमा लामो विरासत बोकेको चिया पसल हो यसका सञ्चालक तेजबहादुर बस्नेतको निधन भए तापनि उनको परिवारले यसलाई अझै निरन्तरता दिइरहेका छन ।

लाल चिया पसल

लाल चिया पसल  बर्दिबासमा चिया साम्राज्यको विकास गर्दै दशकौँ लामो विरासत बोकेको चिया पसल हो ।दिलिप भुजेलद्वारा सञ्चालित लाल चिया पसलले चिया संस्कारको विकास गर्नेमात्र हैन्, चियाको अम्मल बनाएर मदिराबाट मुक्त बनाउन भूमिका खेलेको स्थानीय बताउँछन ।बर्दिबासमा पुगेकाहरू लाल चिया घरको चुस्की नलिई फर्कदैनथेँ, अर्का चिया व्यापारी शंकर थापा स्मरण गर्छन, अहिले चै बन्द भएको छ ।

न्यौपाने चिया पसल

पुराना पुस्ता हरूले तन्नेरी हुँदा सञ्चालन गरेको चिया पसल मध्येको एक हो ।  न्यौपाने चिया पसल ।

यसका सञ्चालक दुर्गा प्रसाद न्यौपानेले अझै सोही चिया पसललाई निरन्तरता दिइरहेका छन । न्यौपानेले भने उक्त चिया पसललाई परिमार्जन गरेर खाना, खाजा खुवाउने सेवा पनि बिस्तार गरेका छन ।राजमार्गसँगै जोडिएको न्यौपानेको पसलले अहिले चिया पारखीहरूलाई मात्र तान्दैन, अझ खाजा, खानाको फरक परिकारले त्यहाँ पुग्न जोकोहीलाई बाध्य बनाउँछ ।शाकाहारीहरूको लागी बेग्लै पहिचान बनाएको न्यौपाने चिया पसलमा खीर, रोटी लगायतका परिकारले धार्मिक तीर्थयात्रीहरूको लागी उपयुक्त गन्तव्य बनेको छ ।स्थानीय माटोमा हुर्किएर स्थानीय मौलिक खाना र परिकारलाई निरन्तरता दिएका न्यौपानेले चियालाई पनि झण्डै ५ दशकदेखि मौलिकता दिएकै कारणले बर्दिवास बटुवाहरूको लागी उपयुक्त गन्तव्य बनेको छ ।

तर उल्लेखित चिया व्यापारीहरूले गरेको कर्मले नै बर्दिबासमा चिया संस्कारको विकास भएको हो । तर मधेशमा चिया संस्कारको विकास गरि रोजीरोटीको माध्यम बनाउन सिकाउने उनीहरूको इतिहासलाई सरोकारवालाहरूले संरक्षण गर्न जरुरी देखिएको छ । त्यसैले त  चिया व्यापार भने हस्तान्तरित हुँदै बर्दिबासमा अझैपनि चिया पारखीहरूको लागी झुम्मिने गन्तव्य बनेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
6
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
1
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर