Aamsanchar

सत्तारुढ दलका नेताले जाजरकोट भुकम्प पीडितको राहात लुटेः ओली

Author Image
शनिवार, माघ २०, २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अवस्था नाजुक भएको बताएका छन ।

पार्टी संसदीय दलको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले जनताका पिर, मर्का र समस्यामा सरकारको ध्यान नगएको बताएका छन ।

जाजरकोटमा भूकम्पपीडित अहिले पनि प्लास्टिक मुनि नै बस्दा पनि सरकारले केही नगरेको ओलीको भनाइ छ । ‘नीति बनाउनै दुई चार वर्ष लाग्ने हो भने कलिला बालबालिका, सुत्केरी महिला र ज्येष्ठ नागरिक मरिसक्ने छन,’ उनले भने, ‘मानिस मरिसकेपछि कसका लागि काम गर्ने ?’

भूकम्प पीडितलाई पठाएको सामान बाटोमै सत्तारुढ दलका नेताहरूले लुट्ने गरेकोसमेत ओलीले आरोप लगाए ।  ‘सत्ताको आडमा हुने नहुने सबै काम भइरहेको छ, यस्ता बेथितिका विरुद्ध हामीले खोजी खोजी आवाज उठाउनु पर्छ, थितिमा ल्याउने काम गर्नुपर्छ  ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर