![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/02/InShot_20240204_113952750.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
काठमाण्डौ – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबीको विवाहलाई अवैध ठहर गर्दै अदालतले सात वर्ष जेल सजाय सुनाएको छ । उनीहरुबीचको विवाह गैर इस्लामिक र गैरकानुनी ठहर गर्दै अदालतले पाँच लाख पाकिस्तानी रुपैयाँ जरिबानासहित सात वर्षको जेल सजाय सुनाएको हो ।
बुशरा बीबीका पूर्व पतिले दिएको उजुरीमाथि अदालतले फैसला गर्दै खानजोडीलाई सात वर्षको जेल सजाय सुनाएको बीबीसीले जनाएको छ । बीबीका पूर्व पतिले खानसँग विहे गरेर बुशराले आफूलाई धोका दिएको आरोप लगाउदै आएका छन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
बुशरासँग खानले प्रधानमन्त्री हुनुभन्दा केही महिनाअघि मात्रै विवाह गरेका थिए । बुशराले पूर्वपतिसँग सम्बन्धविच्छेद पछि तोकिएको समय नपुग्दै खानसँग विवाह गरेर कानुनको उल्लङ्घन गरेको अदालतको ठहर छ ।
मुस्लिम कानुन अनुसार महिलाले श्रीमान्को निधन भएको वा सम्बन्ध विच्छेद गरेपछिको निश्चित समयसम्म पुनर्विवाह गर्न पाउँदैनन् । ७१ वर्षका पूर्व प्रधानमन्त्री खानले यसअघि नै जेल सजाय भोगिरहेका छन् । राज्यलाई प्राप्त उपहार बेचेको आरोपमा अदालतले खान दम्पतीलाई यसअघि नै १४ वर्षको जेल सजाय सुनुाइसकेको छ ।
यस्तै अदालतले महत्वपूर्ण सूचना बेचेको आरोपमा खानलाई १० वर्ष जेल सजाय सुनाएको छ । त्यस अघि नै खान अर्को मुद्धामा तीन वर्षको जेल सजाय भोगिरहेका थिए । अब खानको जेल सजाय ३४ वर्ष पुगेको छ । पूर्वप्रधानमन्त्री खानले आफूविरुद्ध एक पछि अर्को सजाय तोकेर सरकारले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका छन् ।