Aamsanchar

मोरङमा ट्राफिक प्रहरीले माेटरसाइकल चेकजाँचका क्रममा गाँजा बरामद,चालक फरार, पछाडि बस्ने पक्राउ

Author Image
आइतवार, माघ २१, २०८०

विराटनगर – मोरङको कटहरीमा ट्राफिक प्रहरीले सवारीसाधन चेकजाँचका क्रममा लागूऔषध गाँजा बरामद गरेको छ। ९ किलो २ सय ग्राम गाँजा बरामद भएको हो।

सवारी चेकजाँचका लागि मोरङ ट्राफिक प्रमुख इन्सपेक्टर सुमन न्यौपानेको नेतृत्वमा खटिएको टोलीले कटहरी गाउँपालिका–१ बाट गाँजा बरामद गरेको छ। न्यौपाने नेतृत्वको टोलीले चेकजाँचका लागि विराटनगर–रंगेली सडक खण्डमा खटिएको थियो।

शंकास्पद हिसाबले आइरहेको मोटरसाइकललाई रोक्न खोज्दा शनिबार राति ८:५० बजेतिर मोटरसाइकल लिएर चालक फरार बनेका थिए। मोटरसाइकलको पछाडि सवार धनकुटाको साँगुरीगढी गाउँपालिका–६ का ४१ वर्षीय अमर राईलाई प्रहरीले पक्राउ गरेको थियो।

 

राईले बोकेको जेब्रा झोलाबाट लागूऔषध गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार फरार रहेका मोटरसाइकल चालकको खोजी तीव्र पारिएको छ। पक्राउ परेका राईविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको दाहालले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर