Aamsanchar

इराक र सीरियामा सुरु गरेको हवाई आक्रमण सुरुवात मात्र भएको अमेरिकाको प्रतिक्रिया

Author Image
सोमवार, माघ २२, २०८०

काठमाडौं – अमेरिकाले इराक र सीरियामा सुरु गरेको हवाई आक्रमण सुरुवात मात्र भएको प्रतिक्रिया दिएको छ।

इरानले अमेरिकी आक्रमणलाई कुटनीतिक कमजोरी भनेपछि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले पत्रकारहरुसँग कुरा गर्दै आक्रमणका धेरै चरण बाँकी रहेको र यो सुरुवात रहेको बताए।

अमेरिकाले गत हप्ता जोर्डनमा आफ्ना तीन सैनिक मारिने गरी हवाई बेसमा भएको आक्रमणको बदलामा सीरिया र इराकका विभिन्न ठाउँमा रहेका इरान समर्थित लडाकू समूह लक्षित हवाई आक्रमण गरेको छ।

अमेरिकी सैनिकमाथि भएको उक्त आक्रमणमा इरानमा निर्मित ड्रोन प्रयोग भएको अमेरिकी दाबी छ। इरानले भने आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ। अमेरिकाले सुरु गरेको जवाफी कारबाहीका क्रममा सीरिया र इराकमा दर्जनौँ इरान समर्थित लडाकुका क्याम्पहरु ध्वस्त भएको जनाइएको छ।

आक्रमणमा कयौँ लडाकु मारिएका छन्। इराकको राजधानी बगदादमा अमेरिकी आक्रमणमा मारिएका १७ मिलिसियाको शव प्रदर्शन गर्दै अमेरिकाविरुद्ध नाराबाजी भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर