Aamsanchar

पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन

Author Image
मङ्गलवार, माघ २३, २०८०

झापा – पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन भएको छ । झापा अर्जुनधाराका बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको हो ।

८० वर्षको उमेरमा बुढाथोकीको गएराति उपचारका क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा निधन भएको नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । बुढाथोकीको पार्थिव शरीर झापास्थित निवास शनिश्चरे लगिएको छ । १२ बजेपछि जिल्ला पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने तय भएको छ ।

पूर्वसामान्य प्रशासन मन्त्रीसमेत रहेका उनी निमोनिया, ब्लड प्रेसरमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । पूर्वराजा वीरेन्द्रका ‘क्लासमेट’ समेत रहेका बुढाथोकी पञ्चायत हुँदै कांग्रेसको राजनीतिमा प्रवेश गरेका थिए ।

राष्ट्रिय पञ्चायतमा २०३८ सालमा निर्वाचित भएका बुढाथोकी सूर्यबहादुर थापाको जलस्रोत सहायकमन्त्री बनेका थिए । ०४२ सालको सत्याग्रहका पक्षमा बोलेपछि पञ्चायतको कोपभाजनमा परेका बुढाथोकी ०४३ सालको चुनावमा विद्रोही उमेदवार बनेर निर्वाचित भएका थिए ।

बहुदल आएसँगै कांग्रेस प्रवेश गरेका उनी ०४८ सालको चुनावमा कांग्रेसबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

०७० सालमा संविधानसभा सदस्य भएका बुढाथोकी सामान्य प्रशासन मन्त्रीसमेत बनेका थिए ।

बुढाथोकीका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर