Aamsanchar

पाकिस्तानमा मतदान जारी

Author Image
बिहिवार, माघ २५, २०८०

पाकिस्तानमा आज भइरहेको मतदानका क्रममा मोबाइल सेवा बन्द गरिएको छ ।पाकिस्तानको गृह मन्त्रालयका अनुसार बिग्रँदै गएको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै देशभरका मोबाइल सेवाहरू अस्थायी रूपमा बन्द गर्ने निर्णय गरिएको हो ।

चुनावको पूर्वसन्ध्यामा बलुचिस्तानमा हिजो भएको बम विस्फोटमा परि अहिलेसम्म झण्डै ३० जनाले ज्यान गुमाएका छन् । चुनावको अघिल्लो दिन भएको विस्फोटले मतदातामा त्रास भने कायम रहेको खबरमा उल्लेख छ ।

आजको चुनावमा शान्ति सुरक्षालाई मध्य नजर गर्दै ६ लाख ५० हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको बीबीसीले जनाएको छ । बढ्दो महँगीका कारण नागरिकले आर्थिक सङ्कट झेलिरहेका बेला पाकिस्तानमा आउँदो ५ वर्षका लागि चुनाव भइरहेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर