Aamsanchar

गाउँपालिकाले बाँड्याे गुलेली र मटेङ्ग्रा

Author Image
शुक्रवार, माघ २६, २०८०

गुल्मी- गुल्मीमा रुरुक्षेत्र गाउँपालिका वडा नम्बर २ ग्वादीका बाँदर पीडित किसानलाई गुलेली र मटेङ्ग्रा प्रदान गरिएको छ । गाउँमा बाँदर आतङ्क बढेपछि यहाँका किसानलाई गुलेली र मटेङ्ग्रा प्रदान गरेको हो ।

बाँदर धपाउनका लागि सबैको अठोटका साथ नेपाली काँग्रेस गुल्मीले उक्त गुलेली र मटेङ्ग्रा किसानलाई वितरण गरेको हो । सबल वडा, सक्षम टोल’ अन्तर्गत रहेर ग्वादीका किसानहरूलाई गुलेली र मटेङ्ग्रा वितरण गरिएको नेपाली काँग्रेस गुल्मीका सचिव जगदीश भट्टराईले बताउनुभयो । स्थानीय ८१ वर्षीय चन्द्रमणी बरालले गुलेली र मटेङ्ग्रा पाएपछि खुसी हुँदै बाँदर धपाउन सजिलो हुने बताउनुभयो । किसानहरूलाई गुलेली र मटेङ्ग्रा निःशुल्क रूपमा वितरण गरिएसँगै स्थानीय पार्टी र नेताहरू पनि किसानका समस्यालाई बुझेर घरदैलोमा आएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

३७ वर्षीय किसान जगत तिवारीले बाँदर आतङ्कका कारण समस्या भएको र आफूहरू सँग गुलेली पनि नभएको भन्दै अब बाँदर धपाउन सहज हुने बताउनुभयो । स्थानीय समाजसेवी मङ्गलबहादुर रेगामीले यो एउटा नमुना काम भएको भन्दै गाउँका बाँदर पीडित किसानका समस्याहरूको समाधानका लागि स्थानीय सरकारले पनि यस्ता कार्यलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो । समस्याको समाधान परम्परागत रूपमा पनि गर्न सकिन्छ भन्ने मूल्य र मान्यताका अनुसार यसरी स्थानीय किसानलाई गुलेली वितरणको काम सुरु हुनु अत्यन्तै राम्रो भएको रिडी बजारका स्थानीय व्यवसायी किशोर श्रेष्ठले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर