![](https://aamsanchar.com/wp-content/uploads/2024/11/ramro.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/InShot_20240718_093423982.jpg)
कोपा अमेरिका फुटबलको समूहचरणबाटै बाहिरिएपछि मेक्सिकोका मुख्य प्रशिक्षक जाइम लोजानोलाई बर्खास्त गरिएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/manav-Finel.gif)
उनको सट्टा जेभियर अगुइरेलाई तेस्रो कार्यकालका लागि मेक्सिकोको प्रशिक्षकको जिम्मेवारी दिइएको मेक्सिकन फुटबल फेडरेसनले जनाएको छ । उनले सन् २००२ र २०१० को विश्वकपमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/nepal-s-yyy.gif)
लोजानोलाई मुख्य प्रशिक्षकबाट हटाएर अगुइरेको सहयोगीको रुपमा काम गर्न प्रस्ताव गरिएको भए पनि उनले अस्वीकार गरेका छन् । लोजानोले मेक्सिकोलाई सन् २०२३ को गोल्ड कपको उपाधि जिताएका थिए भने यसै वर्षको शुरुमा कन्काकाफ नेसन्स लिगको फाइनलमा पुर्याएका थिए ।
![](https://aamsanchar.com/wp-content/uploads/2025/01/birta-h.gif)
यसैबीच, मेक्सिकोले सन् २०२६ को विश्वकप क्यानडा र अमेरिकासँग मिलेर आयोजना गर्ने भएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/C-REC-1.67-MB.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/12/kasham.gif)
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 28