Aamsanchar

कनकाई नगर स्तरीय वक्तित्वकला प्रतियोगितामा सिंहदेवी माविका अर्जुन प्रथम

Author Image
शुक्रवार, माघ २६, २०८०

कनकाई ।  कनकाई नगरपालिका वडा बाल सञ्जालको आयोजना र कनकाई नगरपालिका, कनकाई नगरपालिका वडा नम्बर सातको आर्थिक सहयोगमा कनकाई नगर स्तरीय अन्तर मावि तहको वक्तित्वकला प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम  सम्पन्न भएको छ ।
कनकाई वडा नम्बर सात स्थित श्री भृकुटी माध्यमिक विद्यालयको प्राङ्गणमा कार्यक्रम आयोजना गरिएको हो । प्रतियोगितामा जम्मा ७ वटा मा वि विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए । 

वक्तित्वकला प्रतियोगितामा अर्जुन चापागाईं सिंहदेवी मावि बाट प्रथम भएका छन । त्यस्तै गरि फक्तालुङ एजुकेसन फाउन्डेसन विद्यालयकी  जिज्ञासा दाहालले दोस्रो स्थान हासिल गरेकी छन भने प्यारागन एकेडेमी बाट प्रतिनिधित्व गरेकी कृतिसा रेग्मीे  तेस्रो स्थानमा  हुन सफल भएकी छन । 

 सरस्वती वडा बाल सञ्जालका अध्यक्ष सुप्रिम पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा    कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र कुमार पोख्रेलको प्रमुख आतिथ्य रहेको थियो ।  वडा नम्बर सातका वडाध्यक्ष भीष्मभूषण  सिटौलाको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा  विद्यालय व्यवस्थापन समिति अध्यक्ष , त्यस्तै गरि प्रधानाध्यापकहरूको विशेष आतिथ्यता रहेको थियो । 

निर्णायकको भूमिकामा बाल कल्याण अधिकारी, उमानाथ ढकाल र कनकाई नगर शिक्षा शाखा बाट रोहित पौडेल रहेका थिए ।
त्यसैगरी वडा सदस्यहरू, दुर्गापुर प्रहरी बिटका प्रतिनिधि, शिक्षक प्रतिनिधि, अन्य वडाका बाल सञ्जाल प्रतिनिधिहरूको आतिथ्य रहेको उक्त कार्यक्रमको सञ्चालन बाल सञ्जालका सचिव रिजन तिम्सिनाले गरेका थिए । स्वागत मन्तव्य उपाध्यक्ष अम्बिका गोस्वामीले राखेकी थिइन ।

कार्यक्रममा २०० भन्दा बढी विद्यार्थीहरूको उपस्थिति रहेको अध्यक्ष सुप्रिम पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)